नागरिकतासम्बन्धी विद्येयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौं, २१ असार । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आज (मंगलबार) बसेको बैठकले नागरिकतासम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ । सरकारले २०७५ सालमै नागरिकता विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको थियो । पछिल्लो समय सत्ता गठबन्धनबाटै उक्त विद्येयक फिर्ता लिन प्रधानमन्त्री देउवामाथि दबाब बढेको थियो ।