कुश्मामा कांग्रेसका मेयर र एमाले उपमेयरविरुद्ध परेको उजुरी बदर

काठमाडौं । पर्वतको कुश्मा नगरपालिकाका गठबन्धनको तर्फबाट मेयर उम्मेदवार रहेका रामचन्द्र जोशी र नेकपा एमालेको तर्फबाट उपमेयर उम्मेदवार स्वस्थानी रिजाल विरुद्ध परेको उजुरी बदर भएको छ । मेयरका उम्मेदवार जोशीका विरुद्ध मेयरका स्वतन्त्र उम्मेदवार गंगाधर पौडेल तथा उपमेयर उम्मेदवार रिजालका विरुद्ध गठबन्धन मार्फत उपमेयरका उम्मेदवार नेकपा माओवादीका नेता शंकर गिरीका प्रतिनिधि मीनराज केसी अविरलले मुद्दा […]

सम्बन्धित सामग्री

बुढिगंगाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

बाजुराको बुढिगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवारहररू विजयी भएको छन् । नगर प्रमुखमा राम बहादुर बानियाँ र नगर उप प्रमुखमा माया कुमारी खड्का (कुवँर) विजयी भएका...

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

सिराहाको गोलबजार नगरपालिकाको मेयर उपमेयर दुवै पदमा एमाले विजयी भएको छ ।  निर्वाचन अधिकृतको कार्यालय गोलबजारका अनुसार सोमबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयर पदमा एमालेका श्यामकुमार श्रेष्ठले सात...

महामन्त्री शर्माको गृहनगरमा एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्। उपमेयर पनि एमालेले जितेको […]

रुपन्देहीको देवदह नगरपालिका मेयर/उपमेयर दुवैमा एमाले विजयी

रुपन्देही – रुपन्देहीको देवदह नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयर पदमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङ निर्वाचित हुनु भएको हो । मेयरमा निर्वाचित खरेलले नेपाली कांग्रेसका हिरा खत्रीलाई १ हजार ६२० मत अन्तरले पराजित गर्नु भएको हो । खरेलले १२ हजार ९४३ मत पाउँदा खत्रीले ११ हजार ३ सय २३ मत पाउनु भयो । खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईंलाई पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको थियो । उपमेयरमा विद्यालक्ष्मी गुरुङ १३ हजार ७८४ मत ल्याएर विजयी हुनुभयाे ...

मोरङको लेटाङमा मेयर/उपमेयर एमालेको कब्जामा

मोरङको लेटाङ नगरपालिकाको मेयर र उपयमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा भुपेन्द्रकुमार लावती १० हजार २२७ मत र उपमेयरमा कृष्णकुमारी पोखरेल ९ हजार ४६० मतसहित विजयी भएका हुन् ।मेयरका प्रतिस्पर्धी नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत ल्याए भने उपमेयर प्रतिस्पर्धी माओवादीका कृष्णप्रसाद लम्साल ४ हजार ९०५ मत मात्र ल्याए ।

दार्चुलाको महाकाली नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी

काठमाण्डाै – दार्चुलाको महाकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेका उम्मेदवार नरसिंह चैंसिरले पाँच हजार तीन मत प्राप्त गरेर जित हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका हंसराज भट्टले तीन हजार आठ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपमेयरमा एमालेकै दुर्गाकुमारी खत्री विजयी हुनुभएको छ । नौ वटा वडामध्ये ६ वटा वडामा एमाले र तीन वटा वडामा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् ।

हेटौँडामा मेयर र उपमेयरका उम्मेदवार छान्न एमाले उपमहानगर कमिटीको बैठक बस्दै

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–८, कमानेमा एमालेको उपमहानगर कमिटी बैठक बस्ने तय भएको हो ।बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने तयारी भएको एमालेको उपमहानगर कमिटीका एक नेताले जानकारी दिए । सहमति जुट्न नसकेको खण्डमा भने मतदानको प्रक्रियाबाट उम

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् । बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ । मोरङको रङ्गेलीमा पार्टीले […]

रंगेलीका मेयर र उपमेयर नै एमालेमा प्रवेश

माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई  एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल

भीम रावललाई गृहनगरमै झट्का, साँफेबगरका मेयर र उपमेयर माधव पक्षमा लागे

नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई अर्को झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् ।उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर विर्मलादेवी बुढ्थापाले आइतबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध नयाँ पार्टी रोजेको बताए । मेयर कुँवर नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत थिए । नगर प्रमुख कुँवर र उपप्रमुख बुढ्थापासँगै चौरपाटी गाउँपाल