काठमाण्डाै – दार्चुलाको महाकाली नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
मेयरमा एमालेका उम्मेदवार नरसिंह चैंसिरले पाँच हजार तीन मत प्राप्त गरेर जित हासिल गर्नुभयो । उहाँका प्रतिस्पर्धी कांग्रेसका हंसराज भट्टले तीन हजार आठ सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै, उपमेयरमा एमालेकै दुर्गाकुमारी खत्री विजयी हुनुभएको छ । नौ वटा वडामध्ये ६ वटा वडामा एमाले र तीन वटा वडामा कांग्रेसका उम्मेदवारले वडाध्यक्ष पद जितेका छन् ।