तरकारीमा परनिर्भरता घट्यो, ६ महिनामा नेपालले आयात गर्यो १७ अर्बभन्दा बढीको तरकारी

काठमाडौं, १७ माघ। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)को अवधिमा विदेशबाट १७ अर्ब ४करोड ३५लाख ९०हजार रुपैयाँको विभिन्न प्रकारका तरकारी आयात गरेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्षको सोही अवधिमा नेपालले साढे २२अर्ब रुपैयाँभन्दा बढीको तरकारी आयात गरेको थियो। पछिल्लो ६ महिनामा नेपालले साढे ५ अर्बको आलु, पौने २८करोडको गोलभेडा, ३अर्ब २३करोड रुपैयाँका प्याज आयात गरेको छ।

सम्बन्धित सामग्री

प्याजखेती किन बढेन ?

चालू आर्थिक वर्षको पछिल्लो ५ महीनामा साढे २ अर्ब रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । नेपालमै प्याज उत्पादनको सम्भावना भए पनि उचित नीति र सहयोगको अभावमा व्यावसायिक रूपमा प्याज उत्पादन हुन नसक्दा नै ठूलो परिमाणमा भारतलगायत मुलुकबाट आयात गर्नुपरेको हो । प्याज उत्पादन बढाउन ल्याइएको कार्यक्रमको असफलताका कारण पत्ता लगाएर नयाँ कार्यक्रम ल्याउनुपर्नेमा सरकारले त्यसलाई बेवास्ता नै गरेको देखिन्छ । तराईदेखि मध्य पहाडसम्म खेती गर्न अनुकूल भएकाले स्वदेशमै यसको उत्पादन गरेर परनिर्भरता घटाउन सकिन्छ । तर, उत्पादन र उत्पादकत्व दुवै न्यून भएकाले आयातमा भर पर्नु परेको हो । सरकारले प्याज उत्पादन बढाउन १ दशकअघि ‘मिशन प्याज’ कार्यक्रम अघि सारेको थियो । त्यस्तै कार्यक्रम ४ वर्षअघि पनि ल्याएको थियो । किसानलाई प्याजको उन्नत बीउबिजन, मल र सिँचाइमा अनुदान दिनेलगायत प्रोत्साहन दिने भनिए पनि विभिन्न कारणले यो असफल भयो । यो कार्यक्रम असफल हुनुका विभिन्न कारणमध्ये बीउको अभाव एउटा थियो । प्याज उत्पादनका लागि नेपालमा उन्नत बीउ उत्पादन हुन सकेन । बीउ आयात पनि हुन सकेन । यसका लागि तरकारी बाली विकास केन्द्र खुमलटारले पनि काम गर्न सकेन । सरकारले सबैभन्दा पहिले किसानलाई उन्नत जातको प्याजको बीउ उपलब्ध हुने वातावरण बनाउनुपर्छ । दोस्रो नेपाली किसानले प्याज उत्पादन गरेका बेला बजारमा यसको मूल्य निकै सस्तो हुन्छ । प्याजको भण्डारण गरेर राख्ने क्षमता किसानसँग नहुँदा उनीहरूले सस्तैमा विक्री गर्नुपर्ने बाध्यता छ । विक्री नगरे वर्षामा कुहिन थाल्छ । भण्डारणको सुविधा भए महँगो हुँदा आफ्नो उत्पादन बेच्न पाउँथे । त्यही भएर किसानहरू प्याज खेतीतर्फ आकर्षित हुन नसकेका हुन् । बजारमा भारतीय प्याजले बजार पाउनु तर नेपाली उत्पादन सहजै विक्री हुन नसक्नु पनि समस्या हो । त्यसैले सरकारले प्याज उत्पादनका लागि व्यावहारिक नीति लिनु आवश्यक छ ।

आलुमा बढ्यो परनिर्भरता

नेपालीको भान्छामा बढी प्रयोग हुने आलु उत्पादनप्रतिको परनिर्भरता बढ्दो छ । स्वदेशमै आलु उत्पादनका लागि पर्याप्त सम्भावना हुँदाहुँदै पनि उत्पादनशील जनशक्ति विदेश पलायन हुँदा आलुमा परनिर्भरता झन् बढेको हो । देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा असोज १ देखि २६ गतेसम्म करिब पाँच हजार मेट्रिक टन आलु भित्रिएको छ । सो अवधिमा बजारमा भित्रिएको आलुमध्ये लगभग ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटी बजारमा मागको ८० प्रतिशत आलु भारतबाट आयात भएको बताउनुभयो ।

मासिक व्यापार घाटा १ खर्ब ४३ अर्ब

आयात नभई नहुनेदेखि स्वदेशमै पर्याप्त उत्पादन हुन सक्ने वस्तुको आयात बढ्दा व्यापार घाटा चुलिँदै गएको छ । चामल, मकै, तरकारी, दुग्धजन्य पदार्थ, माछामासुलगायत कृषिजन्य वस्तुमा समेत परनिर्भरता हुँदा मासिक व्यापार घाटा औसतमा १ खर्ब ४३ अर्ब पुगेको छ ।

कृषिजन्य वस्तुमा डरलाग्दो परनिर्भरता

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभरि तरंग फैलिएको छ । महामारी र युक्रेन समस्याका कारण यसै पनि संकटमा परेको विश्व खाद्य आपूर्ति यस कदमले थप जटिल बन्न गएको छ । यी  घटनाले पैसा भएपछि जहाँबाट सस्तो हुन्छ त्यहीँबाट किनेर खाने भन्ने कुमतिमा लागेकाहरूको ओठमुख सुक्न थालेको छ । कम्तीमा खाद्यान्नमा आत्मनिर्भर हुनुपर्दछ भन्ने चेतसम्म फिरेको देखिन्छ । आइटिसीका अनुसार सन् २०२१ मा विश्वको कुल आयात २१९ खर्ब अमेरिकी डलर रहेकोमा कृषिजन्य वस्तु आयात करीब १९ खर्ब डलर रहेको छ । यो विश्वको कुल आयातको करीब ८ प्रतिशत हुन आउँछ । सन् २०२० को तुलनामा सन् २०२१ मा कृषिजन्य वस्तुको आयातमा करीब २५ प्रतिशतले वृद्धि भएको छ ।  संयुक्त राज्य अमेरिका, चीन, जर्मनी, नेदरल्याण्ड्स, जापान, फ्रान्स, युके, इटाली, स्पेन, बेल्जियम विश्वमा कृषिजन्य वस्तुहरूको प्रमुख निर्यातकर्ता मुलुकका रूपमा रहेका छन् । विश्वका प्रमुख दश आयातकर्ताहरूमा संयुक्त राज्य अमेरिका, ब्राजिल, नेदरल्याण्ड्स, जर्मनी, फ्रान्स, युके, चीन, स्पेन, क्यानडा र इटाली रहेका छन् । विश्वको कृषिजन्य वस्तुको आयातकर्ता र निर्यातकर्तामा एकै समूहका देशहरूको बाहुल्य रहेबाट यो व्यापारमा तुलनात्मक लाभका आधारमा व्यापार भइरहेको प्रष्ट हुन्छ  । परन्तु, कृषिजन्य वस्तुको व्यापार सामान्य व्यापारका रूपमा नभई एक हतियारका रूपमा रहेको हुन्छ । विशेष गरी धान, चामल, मकै र गहुँ वैदेशिक व्यापारका यस्ता अस्त्र हुन् जुन कुनै पनि देशको निर्णय क्षमतालाई नजानिंदो रूपमा प्रभावित गरिरहेका हुन्छन् । त्यसैले सार्वभौम मुलुकका  आधारस्तम्भहरू ( खाद्यान्न आपूर्ति, जल  आपूर्ति, हतियार, जनशक्ति र प्रविधि) मध्ये खाद्यान्न आपूर्तिको पक्षलाई अति संवेदनशील वस्तुको सूचिमा राखिएको हुन्छ । त्यसैले खाद्यान्न आपूर्तिमा मुलुकलाई आत्मनिर्भर बनाउनु कुनै पनि सार्वभौम मुलुकको पहिलो प्राथमिकता रहेको हुन्छ । उपलब्ध कृषियोग्य भूमिको अधिकतम उपयोग गर्दै देशका जनतालाई पुग्ने गरी खाद्यान्न उत्पादन गर्ने दिशामा राज्यका सम्पूर्ण नीतिहरू केन्द्रीकृत गरिएका हुन्छन् । तदनुकूल भूमि उपयोग नीति, बस्ती विकास नीति, सिञ्चाइ नीति, वन नीति, उद्योग नीति र सडक नीति, संरक्षण नीति, कृषि नीति, कृषक नीति र लगानी नीतिहरू तर्जुमा गरिएका हुन्छन् । नेपालमा भने स्थिति त्यसको एकदम विपरीत दिशातिर उन्मुख रहेको छ । मूल नीति नेपाललाई कृषिजन्य उत्पादन विशेष गरी खाद्यान्न, फलफूल, तरकारी, दलहन र तेलहनमा आत्मनिर्भर बनाउने भनी घोषणा गरिए तापनि क्रियाकलापहरू भने नेपाललाई कृषिजन्य उत्पादनमा कसरी परनिर्भर बनाउने भन्ने दिशातर्फ उन्मुख रहेको पाइन्छ । कृषिभूमिको विनाश गर्ने गरी लागू गरिएका शहर विकास नीतिका कारण कृषि उत्पादनका पकेट क्षेत्रहरू क्रंक्रिटको जंगलमा परिणत हुने क्रम तीव्र गतिमा बढिरहेको छ । चुरे पर्वतको विनाश तथा महाभारत पर्वत श्रृंखलामा बढ्दा खानीहरूका कारण नदीमा लेदोको मात्रा बढ्न गई नदीहरू चौडा भइरहेका छन् र तट कटान हुन गई कृषियोग्य भूमिको विनाश भइरहेको छ । तराईका पूर्वपश्चिम दिशामा अनियन्त्रित रूपमा निर्माण गरिएका सडकका कारण कृषियोग्य भूमि वर्षा कालमा डुबानमा पर्दा मकै र धानबाली नष्ट हुने क्रम बढ्दो मात्रामा छ । पर्वतीय क्षेत्रमा खनिएका अवैज्ञानिक सडकका कारण पहाडमा पानीका मूलहरू सुक्ने क्रम तीव्र गतिमा बढिरहेको छ । यस्ता सडकका कारण सिंगो पर्वतीय क्षेत्र पहिरोको जोखीमयुक्त क्षेत्रमा रूपान्तरण भइसकेको छ । सडकसिर्जित यस्ता पहिराहरूका कारण नेपालका पहाडहरू माटोविहीन चट्टाने ढिस्कोको रूपमा परिणत हुँदै छन् । कृषिक्षेत्रमा कृषकहरूलाई टिकाइराख्न विश्वभरि नै यस क्षेत्रलाई अति अनुदानित क्षेत्रका रूपमा संरक्षण गरी राखिएको हुन्छ । नेपालमा ठीक यसको विपरीत कृषिक्षेत्रलाई भारत, चीनलगायत कृषिलाई अत्यधिक अनुदान प्रदान गरिरहेका देशका उत्पादनसँग प्रतिस्पर्धा गर्ने पासोमा पार्ने गरी बजारको प्रतिस्पर्धामा छोडिएको छ । यसैकारण नेपाली कृषिक्षेत्रमा ठूलो मात्रामा लगानी हुन सकिरहेको छैन । बरु, कृषिक्षेत्रभन्दा वैदेशिक रोजगार नेपाली श्रमिकहरूको प्राथमिकतामा पर्न गएको छ जसका कारण श्रमिकको अभावमा कृषि भूमि बाँझो रहन थालेको छ । पहाडमा गरा प्रणालीमा मलिलो माटो संरक्षण गर्ने गरिन्छ । कृषिभूमि बाँझो राख्दा यस्ता गराहरू बिग्रिने  र यसबाट मलिलो माटो वर्षासँगै बगेर जाने हुन्छ । यसबाट पहाडमा ढुंग्यानमात्र बाँकी रहने प्रक्रिया पनि तीव्र गतिमा बढिरहेको छ । यसरी नेपालका पहाडहरू केही दशकभित्रै माटोविहीन हुने दिशामा छन् । भूमिमा हदबन्दी तथा भूमिको अति राजनीतीकरणका कारण भूमिमा ठूला कृषकहरूको उपस्थिति शून्य प्रायः भइसकेको छ । ठूला कृषकलाई शोषकका रूपमा चित्रण गर्ने राजनीतिक परिपाटीका कारण पनि फार्म हाउस प्रकृतिका कृषि कार्यहरू नेपालमा सम्भव छैन । यस अवस्थामा कृषिको व्यवसायीकरण नारामा मात्रै सीमित हुने देखिन्छ । कृषिको व्यवसायीकरण विना यस क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि पनि सम्भव छैन । माथिका कारणहरू बारे नेपालको नीति निर्माण तह अनभिज्ञ चाहिँ पक्कै छैन । परन्तु नेपाललाई कृषिमा सदैव परनिर्भर बनाई नेपालको सार्वभौमसत्तालाई कमजोर बनाई नेपालको निर्णय गर्ने क्षमतालाई सदैव दयनीय बनाई राख्न अदृश्य रूपमा कृषिमा परनिर्भरताको नीतिमा सारा मुलुक क्रियाशील भइरहेको छ । यसैको फलस्वरूप नेपालमा कृषिजन्य वस्तुको आयातमा वर्षेनि ठूलो परिमाणमा वृद्धि भइरहेको छ । नेपालमा कृषिजन्य वस्तुको आयात हरेक वर्ष ज्यामितीय गतिमा वृद्धि भइरहेको छ । आर्थिक वर्ष सन् २००८।०९मा करीब रु. ४१  अर्बको हाराहारीमा रहेको कृषिजन्य वस्तुको आयात त्यसको १३ वर्षपछि करीब ८ गुणाले वृद्धि भई रु. ३२४ अर्ब पुगेको छ । यो अवस्थाले नेपाल भीषण संकटतर्फ उन्मुख रहेको प्रष्ट हुन्छ । मुलुक कृषिजन्य उत्पादनमा आत्मनिर्भर भएन भने वर्तमान महामारी र युक्रेन संकटले आउने विभीषिका कस्तो हुन्छ भन्ने विषय सर्वविदितै छ । तसर्थ परिस्थिति सम्हाल्नै नसक्ने गरी अघि बढ्ने अवस्था आउन नदिन सम्बद्ध सबै पक्षको ध्यान जानु आवश्यक छ । अबको बाटो ‘उप्रान्त खेती हुन्या जगामा कुलो बिराई खेती गर्नु’ भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेश नै छ । नेपालको कृषिनीति यसै धरातलमा आधारित छ  । यस नीतिलाई मूल आधार मान्दै कृषियोग्य भूमिको संरक्षण र कृषियोग्य भूमिमा गैरकृषिजन्य क्रियाकलापहरूमा प्रतिबन्ध लगाउनु जरुरी छ । यस्तै, भूक्षय, डुबान र कटान हुने गरी खनिएका र खनिन लागेका सडकहरू बन्द गरिनु पनि आवश्यक छ । साथै, कृषिक्षेत्रमा कम्तीमा भारत र चीनमा लागू गरिएका अनुदान, संरक्षण र प्रोत्साहनका प्रावधानहरू नेपालमा पनि लागू हुनुपर्दछ । वर्तमान समयमा मलिला फाँटहरूमा निर्मित शहरहरूलाई क्रमशः पहाडका कोटहरूमा सार्नु पनि आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण कुरा नेपालको तराई क्षेत्रलाई अन्न बेल्ट, पहाडलाई फलफूल  र नगदेबाली तथा लेकाली र हिमाली क्षेत्रलाई जडीबुटी र पशुपालनको बेल्टका रूपमा विकास गर्ने गरी २०२९ सालमा सरकारले घोषणा गरेको अवधारणालाई बल पुग्ने गरी सरकारका सम्पूर्ण क्रियाकलापहरू लक्षित हुन आवश्यक छ । अफ्रिकी मुलुकमा गृहयुद्ध हुनुको एउटा प्रमुख कारण खाद्यान्नमा परनिर्भरता पनि हो भन्ने विषय हामी सबैले हेक्का राख्नुपर्दछ । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

वैदेशिक व्यापार र कृषिमा बढ्दो परनिर्भरता

पूर्व कृषि मुलुक नेपालमा पछिल्ला आधी दशकभन्दा बढी अघिदेखि अधिकांश कृषिजन्य वस्तु आयात भइरहेको छ । मुख्य गरी धान, चामल, गहँु, मकै, फापर, तरकारी तथा फलफूलका बीउ, चिया, कफी, तरकारी, फलफूल, माछा, मासु तथा खाने तेल तथा दुग्धजन्य पदार्थ आयात हँुदै आएको छ । त्यतिमात्र होइन, रासायनिक मल १५ अर्बभन्दा बढी रुपैयाँको आयात हुँदै आएको […]

कृषि उपजमा परनिर्भरता, वर्षमा २ खर्बको आयात

२९ मंसिर, काठमाडौं । नेपालमै उत्पादन हुन सक्ने कृषि उपज आयातमा वार्षिक २ खर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । कृषिजन्य वस्तुको आयात-निर्यातबारे राष्ट्रिय योजना आयोगले गरेको अध्ययनमा धान, चामल, मकै, तरकारी, फलफूलजस्ता कृषि उपज खरिदमा वर्षमा २ खर्ब रुपैयाँ बाहिरिएको निश्कर्ष निकालिएको छ । नेपालीको आय आर्जन बढेसंगै विलासिताको उपभोग बढेको अध्ययनमा उल्लेख […]

कम आपूर्तिका कारण तरकारी महँगो

देशको ठूलो तरकारी बजार कालीमाटीमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो बढेको पाइएको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजानिक गरेको तथ्याङ्कअनुसार आलुको परनिर्भरता बढेको छ । समितिका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा उपत्यकावासीको मागको ५५ प्रतिशत आलु भारतबाट आयात गरिएकोमा चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो छ महिनामा मागको लगभग ७० प्रतिशत माग भारतको आलुले धानेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढेको छ ।

आयात घटाउन बाँझो जमिनको प्रयोगमा जोड - Naya Patrika

आगामी पाँच वर्षभित्र कृषि क्षेत्रको परनिर्भरता घटाउन प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ का लागि जारी गरिएको आर्थिक सर्वेक्षणमार्फत सो प्रक्षेपण गरिएको हो । दाल, तरकारी, चामल, मकै, मासु,...पूरा पढ्नुहोस् »

तरकारी आयातमा मासिक एक अर्ब, तीन महिनामा सवा पाँच अर्बको चामल आयात

काठमाडौं, मंसिर ६ । राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्–झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना...

तरकारी आयातमा मासिक एक अर्ब

पछिल्ला तीन महिनामा भारतबाट करिब ३ अर्ब रुपैयाँको तरकारी आयात - राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत नेपालको परनिर्भरता अत्यासलाग्दो देखिएको छ । य