देशको ठूलो तरकारी बजार कालीमाटीमा तरकारीप्रतिको परनिर्भरता घट्नुको साटो बढेको पाइएको छ । देशको केन्द्रीय तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार समितिले सार्वजानिक गरेको तथ्याङ्कअनुसार आलुको परनिर्भरता बढेको छ ।
समितिका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा उपत्यकावासीको मागको ५५ प्रतिशत आलु भारतबाट आयात गरिएकोमा चालू आर्थिक वर्ष २०७७÷०७८ को पहिलो छ महिनामा मागको लगभग ७० प्रतिशत माग भारतको आलुले धानेको छ । हरेक तरकारीमा यस्तै परनिर्भरता बढेको छ ।