नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको जीआईएस म्यापिङ अफ डिष्ट्रब्युसन नेटवर्कको पहिलो टेण्डर रद्द गरेको छ । प्राधिकरणले भदौ २३ गते सार्वजनिक गरको टेण्डर मार्फत छनोट भएको कम्पनी पनि विवादमा परेपछि अर्काे टेण्डर आव्हान गर्ने तयारी भएको हो ।प्राधिकरणले सार्वजनिक गरेको टेण्डरमा तीन कम्पनी सहभागी भएका थिए । यसमध्ये २ कम्पनीलाई अयोग्य भन्दै आइएमएस जेभीलाई ठेक्का दिने भनिएको थियो । प्रारम्भिक छनोटमा योग्य भएको आइएमएस जेभीको विषयमा पनि उजुरी परेको र त्यसको छानविन गर्दा सो कम्पनी पनि जीआईएस