वर्षायामको २०० मेगावाट विद्युत भारतमा बेच्न टेण्डर आह्वान

नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत भारतमा प्रतिस्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरुबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो ।प्राधिकरणले देशभित्र खपत गरी  जगेडा भएको विद्युत पाँच महिना अर्थात १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ । भारतको केन्द्रीय विद्युत नियमन आयोगमार्फत विद्युत व्यापारका लागि अनुमति प्राप्त टे&laqu

सम्बन्धित सामग्री

विजुली बेच्न टेण्डर आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा विजुली बेच्नका लागि भारतीय कम्पनीहरुबाट टेन्डर मागेको छ । आज (शुक्रबार) सार्वजनिक सूचना मार्फत टेण्डर आह्वान गर्दै प्राधिकरणले वर्षायाममा खेर जाने २ सय मेगावाट विद्युत् बिक्रीका लागि भारतीय कम्पनीहरुबाट प्रस्ताव माग गरेको हो । आगामी असारदेखि कात्तिकसम्म उक्त विजुली बेच्न सकिने प्राधिकराणको प्रस्तावमा उल्लेख गरिएकाे छ। भारतको केन्द्रीय विद्युत […]