पोखराको रिठ्ठेपानी डाँडा काट्न टेण्डर आह्वान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको रिठ्ठेपानी डाँडा काट्नका लागि टेण्डर आह्वान गरेको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उक्त डाँडा काट्नुपर्ने सर्वेक्षणले देखाएको थियो । सोहीअनुसार क्यानले डाँडा काट्नका लागि ७२ लाख रुपैयाँको टेण्डर आह्वान गरेको हो ।उक्त डाँडा काट्न इच्छुक निर्माण कम्पनीहरूले आउँदा ११ अक्टोबरसम्ममा आवेदन दिनुपर्ने बताइएको छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले डाँडा काट्न टेण्डर आह्वान गरिएको जानकारी दिए । उनले क्यानले डाँडा काट्न