सोलुखुम्बु – सोलुखुम्बुकोे तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र जोड्ने सडक कालोपत्रेका लागि ६० करोड बराबरको टेण्डर आह्वान भएको छ ।
जिल्लाको माप्यदुधकोशी गाउँपालिकाबाट खुम्बु पासाङ लहामु गाउँपालिका जोड्ने सडकका लागि निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तरगतको परियोजनाका लागि आज (बुधबार) टेण्डर आह्वान गरिएको हो । जिल्लाको पर्यटन विकासका लागि तल्लो सोलुलाई सगरमाथा क्षेत्रमा पर्ने खुम्बुसम्म सडक सञ्जालले जोड्ने उद्देश्यका साथ तत्कालीन संघीय सांसद हेमकुमार राई ‘शूरवीर’ले २०७६ साल फाल्गुन २५ गतेको दिन सल्लेरी&n...