कास्की - गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाकाे स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ ।
स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट आम नागरिकको भावनालाई कदर गर्दै प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनु भएको हो ।
नागरिकस्तरबाट व्यापक विरोध भएपछि आउँदाे आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजन भएको रकम प्राथमिकताका क्षेत्रमा खर्च...