गण्डकी प्रदेशः नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

काठमाडौं । चौतर्फि आलोचनापछि गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् ।

सम्बन्धित सामग्री

गण्डकीबाट ८४ करोड बजेट फिर्ता

गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङमा रहेका प्रदेश कार्यालयहरूबाट आर्थिक वर्ष २०७९/८० मा ८४ करोड बढी रकम फिर्ता भएको छ । प्रदेश सरकारकारबाट जिल्लाको एक स्थानीय तहसहित १५ वटा कार्यालयका लागि आएको दुई अर्व सात करोड ६२ लाख रुपैयाँ मध्ये ८४ करोड ३५ लाख रुपैयाँ काम हुन नसकेपछि फिर्ता भएको हो । जिल्लास्थित कोष तथा लेखा […]

सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई : ट्रष्टमा छुट्टाएको बजेट फिर्ता

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरूले बुवा-आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो ।

सामाजिक सञ्जालले गलायो प्रदेश मन्त्रीलाई : ट्रष्टमा छुट्टाएको बजेट फिर्ता

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजन बजेट संसदबाट पास हुने वित्तिकै आलोचना भयो । प्रदेश सरकारका मन्त्रीहरूले बुवा-आमाका नाममा खोलिएका ट्रष्टमा बजेट छुट्टाएपछि बजेट पास भएकै दिनबाट आलोचना शुरु भएको हो ।

ट्रष्टका नाममा छुट्याइएको बजेट फिर्ता गर्न गण्डकी सरकार तयार

काठमाडौं । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिन तयार भएको छ । चौतर्फी आलोचना भएपछि गण्डकी प्रदेश सरकारले बजेट फिर्ता लिने भएकाे हाे । बजेट मार्फत मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललगायतका आफन्तहरूका नाममा छुट्याइएको बजेट फिर्ता लिन निर्देशन दिइएको मूख्यमन्त्रीको सचिवालयले दावी गरेको हाे । मुख्यमन्त्री पोखरेलले त्यस्तो बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने […]

आलोचनापछि नेताका आफन्तका नाममा छुट्याइएको बजेट फिर्ता

२७ असार, पोखरा । गण्डकी प्रदेश सरकारले नेताका आफन्तका नाममा छुट्याएइको बजेट फिर्ता लिने भएको छ । चौतर्फी आलोचनापछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेताका आफन्तका नाममा खोलिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट फिर्ता गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री पोखरेलले त्यस्ता बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको उनका प्रेस […]

कोरोनाका कारण रोकिएको बिहुँ दादराखोला सिँचाइ आयोजनाको काम शुरु

वैशाख १०, बागलुङ । कोरोना महामारीका कारण रोकिएको बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ दादराखोला सिँचाइ योजना दुई वर्षपछि शुरु भएको छ ।  यो आयोजना निर्माण भएमा काठेखोला गाउँपालिका–५ को लाम्खु, बिरौटा र ठूलढुंगाका खेत तथा बारीका फाँटमा सिँचाइ पुग्नेछ । बिहुँका १०० घरधुरीको झण्डै ४०० हेक्टर जमीनमा सिँचाइ पुर्‍याउने गरी आयोजना शुरु भएको हो । गण्डकी प्रदेश सरकारको बहुवर्षे आयोजनाअन्तर्गत अघिल्लो वर्ष विनियोजित रू. १५ लाख बजेट फिर्ता भएपछि चालू वर्ष काम थालिएको उपभोक्ता समितिका अध्यक्ष भूमिश्वर कँडेलले जानकारी दिए ।  ‘कोरोना संक्रमण र लकडाउनका कारण काम गर्न नसकेर बजेट फिर्ता भयो, यो वर्ष जसरी पनि काम गर्छौं’, उनले भने, ‘बहुवर्षे कार्यक्रम भएकाले आगामी वर्ष पनि बजेट आएमा निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उपभोक्ताको १५ प्रतिशत श्रमदानसहित रू. एक करोड ५० लाख लागतमा आयोजना निर्माण हुनेछ । दुई किमी लामो सिँचाइ कुलोमार्फत दादराखोलाको पानी खेतमा ल्याइने योजना उनले बताए ।  सिँचाइ अभावमा यहाँका किसानले हिउँदे तथा वर्षेखेती लगाउन पाएका थिएनन् । किसानले सिँचाइ आएपछि तरकारीखेती लगाएर आत्मनिर्भर बन्ने योजना वडाको छ । ‘हामीले सिँचाइ अभावमा तरकारी पनि लगाउन सकेका थिएनौँ’, स्थानीय माया कँडेलले भनिन्, ‘अब गाउँघरमै उत्पादन गरेर खर्च बचाउन सकिने भयो ।’ परम्परागत कुला मासिएपछि स्थानीयले सिँचाइको समस्या झेल्दै आएका थिए ।  गत वर्ष वडा कार्यालयको पहलमा आयोजनाको लागत तयार गरिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । ‘पालिकाबाट बजेट विनियोजन सम्भव नभएपछि उपभोक्ता समितिमार्फत प्रदेशको ध्यानाकर्षण गरेपछि बजेट विनियोजन भएको हो’, कँडेलले भने, ‘यो आयोजना निर्माण हुँदा १०० घरपरिवारले लाभ पाउन सक्छन् ।’ सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले आयोजनामा प्राविधिक सहयोग गरेको डिभिजन इञ्जिनीयर सुरेन्द्र पौडेलले जानकारी दिए । बहुवर्षे पक्की नहरसहितको कार्यक्रम भए पनि पानी चलाएर आगामी वर्षबाटै उत्पादन लिने काम गरिने किसानको योजना छ । रासस

बजेट आउँछ, फिर्ता जान्छ

सदरमुकाममा बहुउद्देश्यीय सभाहल बनाउने योजना ४ वर्षदेखि अलपत्र छ । ३ वर्षअघि २४ करोड रुपैयाँको ठेक्का लगाइएको योजनामा जग्गा क्षेत्राधिकारको विवादले बजेट फिर्ता भयो । मालिकामा वन्यजन्तु पार्क बनाउने गरी गण्डकी प्रदेश सरकारले थालेको काम पनि अझै सुरु भएको छैन ।

टेण्डर नहुँदा फेरि बजेट फिर्ता हुँदै

गण्डकी प्रदेश सरकारले दुई पटक बजेट छुट्टायो । टेण्डर प्रक्रिया आह्वानै नभईकन बजेट फिर्ता हुन पुग्यो । खेलकुदको पूर्वाधार निर्माण गर्ने योजनाबद्ध अघि सरेपनि प्रदेश सरकारले लगानी गर्न कन्जुस्याँई गरेको छ ।