हेटौंडा : बागमती प्रदेशसभा बैठक मंगलबार बस्दैछ। प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९\८० को बजेट सार्वजनिक गर्नु एकदिन अघि प्रदेशसभा बैठक बस्न लागेको हो। दिउँसो २ बजे बस्ने बैठकको लागि ६ वटा कार्यसूची रहेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए। बैठकमा मूख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन्। यस्तै प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायणबहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति