नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको ‘वार्ता र सहमति’ लाई छलकपटपूर्ण धोखाघडीको नाटक भनेका छन् । नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरतास्वरुप नै ‘वार्ता र सहमति’का नाटक मञ्चन भइरहेको नेता नेपालको दावी छ ।सामाजिक सञ्जालमार्फत नेता नेपालले भनेका छन्, ‘दक्षिणपन्थी विसर्जनवाद, विकृति, अन्याय र विसंगतिका विरुद्ध विद