अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि पदबाट राजीनामा दिएको बताउनुभयो । त्यसअघि प्रतिनिधिसभाको आजको […]