मेडिकल काउन्सिलका कर्मचारी कोरोना संक्रमित, नियमित सेवा प्रभावित हुने

काठमाडौं, २८ पुस । कोरोना भाइरसको संक्रमणको दर पछिल्ला केही दिनमा निकै बढिरहेको छ । यसै क्रममा आज नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पृष्टि भएको छ । कर्मचारीलाई संक्रमण पुष्टि भएपछि काउन्सिलले दिँदै आएको नियमित सेवामा प्रभाव पर्ने जनाइएको छ । आज एक सुचना जारी गर्दै काउन्सिलले आगामी १० दिनको लागि नियमित सेवामा […]

सम्बन्धित सामग्री

फेरि ‘समुदायमै’ कोरोना

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालका डाक्टरदेखि सरसफाइकर्मीसम्म कोरोना संक्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालका ४ डाक्टरसहित १० जनामा संक्रमण देखिएको हो ।

फेरि ‘समुदायमै’ कोरोना

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालका डाक्टरदेखि सरसफाइकर्मीसम्म कोरोना संक्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालका ४ डाक्टरसहित १० जनामा संक्रमण देखिएको हो ।

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

काठमाडौं । डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई ‘डबल ड्युटी’मा खटाएर सेवा दिइरहेका छन् । स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सयभन्दा बढी संक्रमित भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ननकोभिड […]

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले...

संक्रमणले सेवा प्रभावित, टेकु अस्पतालमा खाेप कार्यक्रम स्थगित

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी एकै पटक कोरोना संक्रमित भए पछि अस्पतालको सेवा प्रभावित भएको छ। अस्पतालमा बिरामीको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने क्रममा एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भए पछि हाललाई त्यहाँबाट लगाइँदै आएको खोप कार्यक्रम माघ १६ गते सम्म स्थगित गरिएको अस्पतालले जनाएको छ।

आइतवारदेखि काभ्रेमा अत्यावश्यकबाहेकका सेवा बन्द

माघ ७, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी संक्रमित भएपछि ६ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जानकारी दिएको छ ।  शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी सूचनामा माघ ९ गतेदेखि १४ गतेसम्मका लागि सेवा प्रवाह स्थगित गरिएको उल्लेख छ ।  संक्रमित कार्यालयका कर्मचारी सुरक्षितरुपमा होम आइसोलेसनमा रहेकाले अत्यावश्यक सेवाबाहेक नयाँ नागरिकता वितरण, प्रतिलिपी नागरिकता वितरण, संघसंस्था तथा हातहतियारसम्बन्धी कार्य, नाबालक परिचयपत्र, राहदानी, राष्ट्रिय परियचपत्रको सेवा बन्द गरिएको सूचनामा जानकारी दिइएको छ ।  जनप्रतिनिधि तथा कर्मचारी संक्रमित भएपछि नमोबुद्ध नगरपालिका, चौँरीदेउराली गाउँपालिका र रोशी गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा अनिश्चितकालीन कटौती गरेका छन् । नमोबुद्ध नगरले सूचनामार्फत जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले शुक्रवारदेखि अनिश्चतकालीनरुपमा सेवा कटौती गरेको जानकारी दिएको छ । नगरका उपसचिव जनार्दन रिजालले कोरोना संक्रमणको जोखिमका कारण नगरबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको सूचनामा उल्लेख गरेका छन् ।  यस्तै रोशी गाउँपालिकाले आप्mना कर्मचारी कोरोना संक्रमित भएपछि बिहीवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा कटौती गरेको जानकारी दिएको छ । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर लामाद्वारा जारी सूचनामा केही कर्मचारी ‘कन्ट्याक ट्रेसिङ’मा रहेकाले जोखिमपूर्ण अवस्थामा सेवा प्रभावित हुने भएकाले अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको जानकारी दिइएको छ ।  चौँरीदेउराली गाउँपालिकाले बुधवारदेखि एक हप्ताका लागि स्वास्थ्य सेवा र आकस्मिक सेवाबाहेक प्रशासनिक काम बन्द गरेको छ । सेवा कटौती गरेको नमोबुद्ध नगरमा हाल ३७ महिलासहित ७६ कोरोना संक्रमित रहेका छन् । रोशी गाउँपालिकामा हाल दुई महिलासहित चार तथा चौँरीदेउरालीमा १७ महिलासहित ३१ जना संक्रमित छन् । यसैबीच काभ्रेपलाञ्चोकमा पछिलो २४ घण्टामा २५१ मा कोरोना संक्रमण देखिएको छ । अघिल्लो दिन १७३ मा संक्रमण देखिएको थियो । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार हालसम्म १५ हजार ९५२ संक्रमण देखिएकामा १९४ को मृत्यु भएको छ । हाल जिल्लाको १३ स्थानीय तहमा एक हजार ४३ सक्रिय संक्रमित रहेका छन् ।  तेस्रो लहरमा काभ्रेपलाञ्चोकमा एक संक्रमितको मृत्यु भएको हो । हालसम्मका कुल संक्रमितमध्ये ९२ दशमलव २४ प्रतिशत अर्थात् १४ हजार ७१५ संक्रमणमुक्त भएका हुन् । रासस

कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ जनामा कोरोना

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार  अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र  कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् । उनले चिकित्सकसहितका कर्मचारी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको बताए ।‘फ्रन्टलाइन चिकित्सक र नर्सको ठुलो जनशक्ति

स्वास्थ्यकर्मीमा संक्रमणले उपचार प्रभावित

कोरोना संक्रमित पहिचान र उपचारमा खटिनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमणको चपेटामा परेपछि सेवा प्रभावित भएको छ । जिल्लाका विभिन्न स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा धमाधम संक्रमण भएपछि त्यसको असर कोरोना संक्रमितको पहिचान, उपचारलगायतमा परेको हो ।

इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी

सुनसरी (अस) । कोरोना संक्रमित बढ्दै गएपछि सुनसरीको इनरुवामा २० शय्याको कोभिड अस्पताल सञ्चालनको तयारी थालिएको छ । संक्रमित बिरामीको उपचार स्थानीयस्तरमै उपलब्ध गराउन इनरुवा नगरपालिकाले कोभिड अस्पताल सञ्चालनको तयारी गरेको हो । केही दिनअघि इनरुवा–३ का एकै परिवारका आठजनामा कोरोना संक्रमण देखिएकोमा दुईजनाको मृत्यु भएको थियो । स्थानीयले आफ्नै शहरमा उपचार पाउन नसकेपछि नगरपालिका अस्पताल सञ्चालनमा ल्याउन लागिपरेको हो । स्वास्थ्य कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले संयुक्त रूपमा कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी अघि बढाएका छन् । स्वास्थ्य कार्यालय सुनसरीमा बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले इनरुवा अस्पतालको आकस्मिक कक्षलाई कोभिड अस्पतालको रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बैठकमा सहभागी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले स्थानीयस्तरमै उपचारको व्यवस्था मिलाउन कोभिड अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए । मेहतासहित नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौला, व्यवस्थापन समितिका पदाधिकारी र स्वास्थ्य कार्यालयको टोलीले कोभिड अस्पताल सञ्चालनका लागि इनरुवा अस्पतालको संरचना निरीक्षण समेत गरेको थियो । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंका अनुसार आवश्यक उपकरण र स्रोतसाधन जुटाएर तीन दिनभित्र कोभिड अस्पताल सञ्चालनमा ल्याइनेछ । सञ्चालनमा ल्याउन लागिएको शøयाको अस्पताल सुविधासम्पन्न रहने उनले बताए । अस्पतालको अन्य सेवा प्रभावित नहुनेगरी कोभिड अस्पताल सञ्चालनको तयारी गरिएको उनको भनाइ छ ।

सुशील कोइराला क्यान्सर अस्पतालका ९० प्रतिशत डाक्टर/नर्स कोरोना संक्रमित

न्युज अफ नेपाल, काठमाडौं । परीक्षण गरिएकामध्ये ९० प्रतिशत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बाँकेको खजुरामा अवस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सेवा प्रभावित भएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै आफनो अस्पतालमा कार्यरत कर्मचारी एवं स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा ९० प्रतिशत कर्मचारीमा कोरोना पोजेटिभ पाइएको र यो अवस्थामा सेवा दिन […]