संक्रमणले सेवा प्रभावित, टेकु अस्पतालमा खाेप कार्यक्रम स्थगित

काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी एकै पटक कोरोना संक्रमित भए पछि अस्पतालको सेवा प्रभावित भएको छ। अस्पतालमा बिरामीको उपचार तथा कोरोनाविरुद्धको खोप लगाउने क्रममा एकै पटक ५० जना स्वास्थ्यकर्मी संक्रमित भए पछि हाललाई त्यहाँबाट लगाइँदै आएको खोप कार्यक्रम माघ १६ गते सम्म स्थगित गरिएको अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

शुक्रराज अस्पतालमा ६०जना स्वास्थ्यकर्मी संक्रमित

काठमाडौँ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा जारी खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी संक्रमित भएसँगै अस्पतालको सेवा प्रभावित भए पनि कुनै पनि सेवा नरोकिएको अस्पतालले बताएको छ ।