कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ जनामा कोरोना

विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारी कोरोना संक्रमित भएका छन् । अस्पतालका कार्यरत चिकित्सक, नर्स र कर्मचारी संक्रमित भएपछि अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवा प्रभावित हुन पुगेको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार  अस्पतालमा कार्यरत ११ डाक्टरसहित नर्स, प्यारामेडिक्स र  कर्मचारीहरु एकसाथ संक्रमित भएका हुन् । उनले चिकित्सकसहितका कर्मचारी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको बताए ।‘फ्रन्टलाइन चिकित्सक र नर्सको ठुलो जनशक्ति