काठमाडौं । डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले वार्डहरू गाभेर स्वास्थ्यकर्मीलाई ‘डबल ड्युटी’मा खटाएर सेवा दिइरहेका छन् । स्वास्थ्यकर्मी र कर्मचारी गरी पाँच सयभन्दा बढी संक्रमित भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ननकोभिड […]