गुल्मीमा मलामी गएका एक युवकको डुबेर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो । दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको खबर गर्न साथ ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जना र रिडी ईलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक