मिडिया र सिनेमामा काम गरेको युवाका हैसियतले मलाई लागिरहेको छ कि अब पनि हामीले आवाज उठाएनौँ भने आगामी पुस्ताहरूले यही नियति भोग्न बाध्य हुनेछ । त्यसैले समाजमा व्याप्त साइबर अपराध, महिला हिंसा, राजनीतिक नेतृत्वको असक्षमता, नातावाद–कृपावाद, असमानता, दण्डहीनता, भ्रष्टाचार अब सहनुहुँदैन भनेर शून्य सहनशीलता अर्थात ‘जिरो टोलरेन्स’ अभियान सुरु गरिएको हो ।