कस्तो हुन्छ गणतन्त्रको अनुहार ?

देशमा गणतन्त्र आउँदा जसरी स्वागत गर्नेको हुल थियो, अहिले गणतन्त्रलाई गाली गर्नेको त्यस्तै हुल देखिन्छ । एउटै तन्त्र पनि केही वर्षमै तालीबाट गालीमा किन जाँदै छ ? हिजो राजाको खोइरो खन्नेहरूसमेत अहिले एकाएक राजाको बेलामा देश स्वर्ग भएको भन्न थालेका छन् । गति बिग्रिएको हो कि मति ? आँखा फेरिएको हो कि चस्मा ? रनभुल्लमा छु है म त ! प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ । हो, अहिले एक किसिमले गणतन्त्रको गला काट्ने प्रतियोगिता फुल स्पीडमा चलिरहेको छ । हुन त यो गणतन्त्र पहिला गला काटाकाट गरेर, पछि गाला चाटाचाट गरेर नै आएको हो क्या रे ! तर अहिले यसको गला काटिँदै गएका खबरहरू निरन्तर जारी छन् । राजनीतिको यो कलहकारी गलाकाट् प्रतियोगितामा एक अर्कोको गला काट्दै गणतन्त्रको गला काट्ने कलाकारी गरिरहेका छन् । खाशगरी प्रत्येक राजनीतिक दल आआफ्नो ढंगबाट गणतन्त्रको गला काट्ने वा दबाउनेमा अब्बल सावित हुँदै छन् । आफूलाई प्रजातन्त्रको ठेकेदार जस्तो गर्ने दलले पनि आफ्नो सत्ता टिकाउन खुलेआम गणतन्त्रको घाँटी दबाउने काम गर्दै आएको छ । बुलेटवाला र ब्यालेटवाला अथवा घ्यू बेचुवा र तरबार बेचुवा मिलेर बनेको सत्ता गठबन्धन विधिको शासन, आवधिक निर्वाचन र लोकतान्त्रिक अभ्यासमाथि खेलवाड गर्दै कानूनै संशोधन गरेर भए पनि स्थानीय तहको निर्वाचन झन्डै एक वर्ष पछि धकेल्ने गृहकार्यमा जुटेको थियो । सर्वत्र विरोध भएर हो या गुरुको आदेश आएर हो  निर्वाचन पर धेकेलेर तर मार्ने काम सम्भव हुन सकेन र मात्रै । नत्र धन्नै सिध्याएका थिए ! अर्को, प्रतिपक्ष दल जसले आफू सत्तामा हुँदा होस् या बाहिर पहिलेदेखि नै प्रजातन्त्रको गला आफ्ना निजी विचारका तलबारले काट्दा काट्दा संसदीय प्रजातन्त्रको तारलाई नै छिन्न भिन्न गर्दिइसकेको छ । यसका लागि उसले आफू विपक्षमा पुग्नासाथ न कहिल्यै संसद् चल्न दियो, न उद्योगधन्दा राम्रोसँग चल्न दियो । बरु केवल आफ्ना नजिकका क्रोनी व्यापारी र आसेपासेलाई मात्र फल्न फुल्न दियो । अहिले उसैले दिनदिनै दिने गरेको संसदीय प्रजातन्त्रकोे दिव्योपदेश सुनेर बस्नुपर्ने भएको छ । मुलुकमा संविधान र संसद् छन् । संविधान चाहिँ चामल नपसेको फोस्रो धान जस्तो बनाका छन्, हाला लगाएर जता पनि बत्ताउन मिल्ने । अनि संसद्लाई चाहिँ सत्तामा जाने वा केवल तलब–भत्ता खाने भर्‍याङ मात्र बनाका छन् । संसद्लाई सक्रिय बनाएर ऐनहरू जारी गर्नुको साटो त्यसलाई बन्धक बनाएर दलीय सहमतिको नाममा यहाँ अर्को राणाकालीन भारदारीसभाको अभ्यास पनि भइरहेको छ । गणतन्त्रमा कानून पनि कैयौं किसिमका छन् । भनौं, विविध कानूनका शानदार फूलका गुच्छा । एउटा त्यो कानून, जसलाई केवल राजनीतिज्ञले मात्र मान्छन् । एउटा त्यो कानून, जसलाई नोकरशाह याने कर्मचारीतन्त्रले धान्छन् । एउटा त्यो कानून, जसलाई न्यायकर्मीहरू मात्रै आफ्नो ठान्छन् । एउटा त्यो कानून, जसलाई केवल पुलिसहरू चिन्छन् । अनि अर्को एउटा कानून जसमा जनता केवल किचिन्छन् । यसरी कानूनहरूका बीचमा कैंयौं प्रकारका कानूनहरू सल्बलाइरहेका छन् । यिनै अलग अलग कानूनका मातहत गणतन्त्रको गला विचित्र तरिकाले निस्सासिँदो छ । सबै मिलेर गणतन्त्रलाई गाँडतन्त्र बनाएका छन् । अनि त्यही गाँडलाई आहा भन्दिनुपर्ने रे जनताले । झन् कोरोनाकालमा त आआफ्ना ढंगको आफ्नै प्रकारको विचित्र कानूनको चलन आएको छ । जोर बिजोर रे । हे दैव ! कोही बिरामी पर्‍यो भने आफूसँग भएको साधन घरमा थन्क्याएर कसको सहारा लिएर, कसको गाडीमा सिटामोल खोज्न शहर बजार धाउने होला ? अनि कोरोना सार्ने गाडीले हो कि मान्छेले हो ? हैन के खान्छन् होला यहाँका शासक र नोकरशाहीहरू यस्ता अद्भूत निर्णयहरू गर्नलाई हँ ? हुन त ठोकन्ते शासक र घोकन्ते नोकरशाहहरूले योभन्दा बढी जान्ने कुरा पनि भएन । २५ जनाभन्दा बढीको भेला गर्न नपाइने फरमान जारी छ । तर यो फरमान दल भनाउँदाहरूलाई लागू हुँदैन । उनीहरू त कुनै नेता मरिहाल्यो भने मलामी पनि जुलुस वा जन्तीसरी जुटाउन सफल हुन्छन् । तर एउटा सामान्य जनता मर्‍यो भने पशुपतिसम्म पुर्‍याउने जन्तु समेत फेला पर्दैन । र, उसको जाँदाजाँदै बागमती मातासँग भेट्ने इच्छासमेत अधुरै रहन्छ । आआफ्ना मुर्दाका आआफ्ना भाग्य ! जस्तो मुर्दा त्यस्तै कानून ! भाग्यमानी मुर्दाले नै काइदासँग भीड जम्मा गर्न पाउँछ र त्यो जाँदाजाँदै पनि गणतन्त्रको गला थिच्नमा आफ्नो बहादुरी देखाएर जान्छ । आफ्नो आफ्नो प्रजातन्त्रको आफ्ना आफ्ना स्टाइल छन् । यता गणतन्त्रको गला काट्नेहरू, यसको घाँटी दबाउने कतिपय दलाल, चम्चा, नेता भनाउँदाहरू यति आनन्दप्रेमी छन् कि यी जहाँ रहेर पनि आफ्नो मस्ती मार्न पछि पर्दैनन् । कहिले पक्ष त कहिले विपक्षमा बसेर । कहिले संसद् त कहिले सडकमा कुर्लेर । कहिले नेता त कहिले चम्चा बनेर । कहिले अफिसर त कहिले पिएन भएर । कहिले माइतीघरमा त कहिले सिंहदरबार त कहिले दिल्ली वा बेइजिङ पसेर । यसरी यिनीहरूले आफ्नो ढंगले गणतन्त्रको गला दबाउने खेल खेलि नै रहेका छन् । विसं २०६५ सालदेखि हरेक वर्ष जेठ १५ मा सरकारले गणतन्त्र दिवस मनाइरहेको छ । हरेक दिवसमा शहीदमञ्चमा नेताहरू ‘देशमा गणतन्त्र आइसकेकाले देश अब समाजवादको बाटोमा हिँडिरहेको’ सगर्व घोषणा गरिरहन्छन् । तर के गणतन्त्र साँच्चै आइसकेको हो र ? कसलाई आएको हो ? तर खै हाम्रोतिर त आएको छैन । न त हाम्रो टोल, समाजमा नै देखिएको छ गणतन्त्र । न स्कूल कलेजमा देखिएको छ यो गणतन्त्र, न अस्पतालहरूमा । न त सार्वजनिक यातायातहरूमा वा न सरकारी कार्यालयहरूमा । न बजारमा न बस्तीमा । कहाँ अट्क्यो त त्यो गणतन्त्र ? लगभग सबै दल देशमा गणतन्त्र आयो भनिरहेका छन्, तर हामीले देखेका छैनौं । यसको मतलब के गणतन्त्र केवल राजनीतिक दल र नेताहरूकोमा मात्र पुगेको हो ? हामी पनि त्यो गणतन्त्रलाई हाम्रो टोल समाजमा पनि ल्याउन आतुर छौं । मानिसहरू गणतन्त्रको स्वागतका लागि फूल, अबिर, स्वागतद्वार र ताम्र घडाहरूसहित तम्तयार पनि छन् । आआफ्नोमा हात समातेर ल्याउन चाहन्छन् गणतन्त्रलाई । हाम्रो टोलका प्रत्येक नागरिक गणतन्त्रलाई हेर्न चाहन्छन्, छुन चाहन्छन् र अझ भोग्न चाहन्छन् । तर अहिलेसम्म कसैले पनि गणतन्त्रको अनुहार देख्न पाएको छैन । के तपाईंको टोलमा आएको छ त गणतन्त्र ? के तपाईंले कतै देख्नुभएको छ त गणतन्त्रलाई ? कस्तो हुन्छ हँ गणतन्त्रको अनुहार ?

सम्बन्धित सामग्री

किन अद्वितीय छ मुख तथा अनुहार शल्यचिकित्सा विधा?

मुख तथा अनुहार शल्यचिकित्सा विधालाई विश्वमै अद्वितीय विधाको रुपमा हेरिएको छ। नेपालमा भने एक दशकदेखि मात्रै यस विधालाई व्यावसायिक रुपमा अगाडि बढाइएको छ। यो शल्यचिकित्साको एक भिन्नै शाखाको रुपमा विश्वमा परिचित छ भने नेपालमा अनुहार सर्जन र डेन्टल विधाको एक सर्जरी विभागको रूपमा स्थापित छ।

हलिउड अभिनेताको ‘अनुहार’ को कपिराइटको मामिला के हो ?

अभिनेता ब्रुस विलिसले आफ्नो अनुहार प्रयोग गर्न अधिकार दिएको भन्ने खबरलाई उनका म्यानेजरले खण्डन गरेका छन् । अघिल्लो हप्ता अभिनेताले आफ्नो अनुहार प्रयोग गर्ने अधिकार डिपकेक नामको कम्पनीलाई बेचिदिएको भन्ने खबर सार्वजनिक भएको थियो । यदि यस्तो भएको भए यो आफैँमा पहिलो र निकै अचम्मको सम्झौता हुने थियो ।यद्यपि, अभिनेताका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा कम्पनीसँग उनको कुनै सम्झौता वा पार्टनरशीप नभएको स्पष्ट पारेका छन् । डिपकेक कम्पनीका एक प्रतिनिधिले विलिससँग मात्रै उनको अनुहार प्रयोग गर्ने अधिकार

बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चार वटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका हुन् । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर […]

बजेटमा दुई–चार घरानाको मात्र अनुहार देखिन्छ : ओली

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०७९/८० के बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभामा समय लिएर बोल्दै उनले बजेट केही घरानाको जस्तो मात्र भएको बताएका हुन् । ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ’ उनले भने, ‘यसरी अनुहार हेरेर […]

यसरी मुख धोए अनुहार बिग्रँदैन

हामी सबैले बिहान उठ्ने बित्तिकै गर्ने पहिलो काममा मुख धुनु पनि पर्दछ । अनुहार नै मानिसको पहिलो परिचय भएकाले सफा अनुहार बनाउन चाहन्छन् । अनुहार शरीरको संवेदनशील भाग भएकाले पनि यसलाई दैनिक सफा गर्नुपर्छ । तर कहिलेकाहीँ थोरै असावधानीका कारण अनुहारमा हानी पुग्न सक्छ । त्यस्तोमा राम्रो, मुलायम र सफा अनुहार बनाउन मुख धुने बेलामा […]

अनुहार पहिचान गर्ने प्रणाली बन्द गर्दै फेसबुक

फेसबुकले अर्को सातादेखि अनुहार पहिचान गर्ने प्रणाली बन्द गर्ने जानकारी दिएको छ। उसले आफूले भण्डारण गरेका एक अर्बभन्दा बढी व्यक्तिको अनुहार नमुना मेटाउनेछ।फेसबुकको नयाँ सञ्चालक कम्पनी मेटामा कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) विभागका उपप्रमुख जेरोम पेसेन्टीले मंगलबार पोष्ट गरेको ब्लगअनुसार सूचना प्रविधि उद्योगको इतिहासमा अनुहार पहिचानको उपयोगको दिशामा यो ठूलो परिवर्तन हुनेछ।पोष्टका अनुसार फेसबुकका सक्रिय प्रयोगकर्ता (एक्टिभ युजर)मा एक तिहाइभन्दा बढी व्यक्तिले फेसबुकको अनुहार पहिचान गर

यसरी चम्काउनुहोस् अनुहार

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटीपार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । कोरोनाको सन्त्रासक कारण अहिले व्युटीपार्लर जान सक्ने अबस्था पनि छैन् । तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ । जसले अनुहार चमकाउन मद्दत गर्छ । एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।दुई चम्चा...

अनुहार हेरेर नै थाहा पाउन सकिन्छ यी रोगहरु

मानिस खुसी भएको, दुखी भएको, बिरामी र पीडा लगाएत अनुहार बाट नै स्पष्टै झल्किरहेका हुन्छन् । तर के हामीलाई थाहा छ ? मानिसको अनुहार हेरेर नै कुन रोग लागेको छ भनेर थाहा पाउन पनि सकिन्छ ।

यस्तो थियो मानवजातिको पूर्खाको अनुहार (भिडियो)

आजभन्दा ४० लाख वर्षअघिको मानव पूर्खाको अनुहार कस्तो थियो भनी अब थाहा पाउन सकिने भएको छ । वैज्ञानिकहरूले प्राचीन मानव अनुहारको संरचना रिक्रीएट गरेका छन् ।  यो अस्ट्रालोपिथेकस एनामेनसिस भनी चिनिने प्रजातिका मानवको अनुहार हो । सन् २०१६ मा इथियोपियामा साबुत अवस्थामा भेटिएको सानो खप्परका आधारमा अनुहार बनाइएको हो ।  अनुसन्धानकर्ताहरूले वयस्क पुरुषको खप्पर फेला पारेका हुन् । लाम्चो र साँघुरो खप्परमा सानो मस्तिष्क भएको पत्ता लागेको हो ।  तर उक्त प्रजातिको गालाको हाड उठेकाले अनुहार आधुनिक मानवको जस्तो...

यसरी चम्काउनुहोस् अनुहार

अनुहार चम्काउन मानिसले निकै रकम खर्च गर्छन् । व्युटीपार्लर, चिकित्सक लगायतका धाउँदा धाउँदा पनि अनुहारमा चमक आउँदैन । कोरोनाको सन्त्रासक कारण अहिले व्युटीपार्लर जान सक्ने अबस्था पनि छैन् ।  तर कतिपय यस्ता सामाग्री र प्रयोगहरुले पनि मानिसका छालामा प्रतिकुल असर पर्ने गरेका छन् । तर साइड इफेक्ट नहुने गरि घरमै पनि सौन्दर्यका विभिन्न तरिकाहरु अपनाउन सकिन्छ ।  जसले अनुहार चमकाउन मद्दत गर्छ ।  एक चम्चा मह अनुहारमा लगाउने (यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ...