कमल थापाले प्रस्ताव- स्थानीय तह बलियो बनाऊ, प्रदेश खारेज गरौँ

कैलाली । प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गर्न आवश्यक रहेको औँल्याएका छन् । शनिवार धनगढीमा पुगेर थापाले अहिलेको संघीय संरचना अनुपयुक्त रहेको टिप्पणी गरेका हुन् । ‘जनताका माझमा राप्रपा नेपाल, वर्तमानका चुनौती र विकल्प’ वृहत् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थापाले संघीय र स्थानीय सरकारलाई बलियो बनाउनु पर्ने […]

सम्बन्धित सामग्री

हेटौंडा उपहानगर ६ बाट कमल थापाले गरे मतदान

स्थानीय तह निर्वाचन २०७९ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कलम थापाले मतदान गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले हेटौंडा उपहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माध्यमिक विद्यालय मतदान स्थलको क...

कमल थापाले गरे मतदान

हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि स्थानीय तह निर्वाचनमा मतदान गरेका छन्।उनले  हेटौंडा उपमहानगरपालिका ६ स्थित वंशगोपाल उच्च माविस्थित केन्द्र (क) पुगेर मतदान गरेका हुन्।

भोट हाल्दै कमल थापाले भने : प्रजातन्त्रलाई सुदृढ बनाउन योगदान पुग्छ

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचनको लागि मतदान गरेका छन्। उनले  हेटौंडा उपमहानगरपालिका ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन्।आफ्नै घर आँगनमा आफ्नै हातले आफ्नो सरकार बनाउने महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुँदा हर्ष र गौरवको अनुभूति भएको उनको भनाइ छ। २०७२ सालमा संविधान जारी भएपछि दोस्रो स्थानीय तहको निर्वाचनले प्रजातन्त्रलाई सुदृढ र संस्थागत गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

कमल थापाले गरे मतदान

राप्रपा नेपाल अध्यक्ष कमल थापाले  मतदान गरेका छन् । उनले हेटौंडा उपमहानगरपालिका  ६ स्थित बंशगोपाल उच्च माविमा रहेको मतदान केन्द्र ‘क’बाट मतदान गरेका हुन् ।उनले एमालेसँग स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेका छन् । यस्तै तालमेल नभएको केही स्थानमा भने आफ्नै उम्मेदवार उठाएका छन् ।

कमल थापाले तयार गरे चुनावी घोषणापत्र

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेका छन् । स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले शुक्रबार सार्वजनिक गर्न लागेका छन् । त्यसका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन राखिएको छ भने औपचारिक रुपमा पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गर्ने तय भएको सो पार्टीले जनाएको छ । यसअघि बुधबार थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्य समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले स्थानीय तहको निर्वाचन सम्बन्धी राप्रपा नेपालको घोषणा पत्रको मस्यौदा पारित गरेको थियो ।&

स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छ : अध्यक्ष थापा

रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।   आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गए...

कमल थापाले छाडे निर्वाचन संयोजकको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग भएका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत थापाले राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी दिएका हुन् । उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एक जनालाई लिन उनको आग्रह छ । अध्यक्षद्वयले जिम्मेवारी नलिएको अवस्थामा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन

'मुलुकलाई वैकल्पिक मार्गमा अघि नबढाए दुर्घटना हुन्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिले हिडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने त्यसको निमित्त वैकल्पिक मार्ग आवश्यक भएको बताएका छन् ।  पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको...

संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशनतर्फ केन्द्रीतः थापा

राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशन केन्द्रीत हुने बताएका छन् । मंगलबार  पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तिव्रता दिन समेत निर्देशन दिए । महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार , सर्वसत्ताबाद, धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै

तत्काल पार्टीको महाधिवेशन गर्नुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले  स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणको सवाल उठिरहेको बेला थापाले यस्तो बताएका हुन् । तर उनले नेतृत्वमा आफ्नो दावेदारीबारे भने केही खुलाएका छैनन् । थापाले ट्वीटरमा लेखेका छन्, ‘स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ । स्वास्थ्य सतर्कता पालना गर्दै अब ...