कमल थापाले तयार गरे चुनावी घोषणापत्र

राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनावी घोषणापत्र तयार पारेका छन् । स्थानीय तह निर्वाचनका लागि तयार गरिएको घोषणापत्र थापाले शुक्रबार सार्वजनिक गर्न लागेका छन् । त्यसका लागि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन राखिएको छ भने औपचारिक रुपमा पार्टीको चुनाव चिन्ह पनि सार्वजनिक गर्ने तय भएको सो पार्टीले जनाएको छ । यसअघि बुधबार थापाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्य समितिको भर्चुअल बैठक बसेको थियो । बैठकले स्थानीय तहको निर्वाचन सम्बन्धी राप्रपा नेपालको घोषणा पत्रको मस्यौदा पारित गरेको थियो ।&

सम्बन्धित सामग्री

स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रूपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरूले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने थापाले बताए । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति […]

कमल थापाको नेतृत्वको राप्रपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं, २५ चैत्र । राप्रपा नेपालले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।  कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल चुनावी घोषणा गर्ने पहिलो दल बनेको छ । अहिले देशमा एउटै बलियो नयाँ बैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको भन्दै त्यसमा राप्रपा सफल हुने […]