राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन तत्काल पार्टीको महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् । पार्टीभित्र नेतृत्व हस्तान्तरणको सवाल उठिरहेको बेला थापाले यस्तो बताएका हुन् । तर उनले नेतृत्वमा आफ्नो दावेदारीबारे भने केही खुलाएका छैनन् ।
थापाले ट्वीटरमा लेखेका छन्, ‘स्थानीय तह र संसदको आगामी चुनावमा सफलता हासिल गर्न र राप्रपालाई अग्रणी शक्ति बनाउन पार्टीको महाधिवेशन यथासक्य चाँडो गर्नु जरुरी छ ।
स्वास्थ्य सतर्कता पालना गर्दै अब ...