नेकपा एमालेका सांसद झपट रावलले लिभिङ टुगेदरको व्यवस्थामा स्पष्टता जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले कतिपयले लिभिङ टुगेदरमा बस्ने अनि बलात्कारको आरोप पनि लगाइदिने प्रवृत्ति देखिएको भन्दै यसमा देखिएको विकृति हटाउन जरुरी रहेको बताए । ‘लिभिङ जुगेदरमा बस्ने पनि बलात्कार जस्ता जघन्य आरोप पनि लगाइदिने ?’, उनले भने, ‘यो त व्यवसाय जस्तो भयो ।’ रावलले ३/४ वर्ष लिभिङमा बसेकाहरुले बलात्कारको मुद्द