काठमाडौं : महिलालाई हिंसा दुर्व्यवहारबाट जोगाउन बनेको कानून दुरुपयोग गर्दा एक महिला आफैँ प्रहरीको फन्दामा परेकी छन्।नवलपरासी बर्दघाट चिसापानी घर भएकी ३४ वर्षीया महिलालाई जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको हो। उनले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाएर एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा जाहेरी दिएकी थिइन्।जाहेरी परेपछि अनुसन्धान थालेको प्रहरीले महिलाले झुटो विवरण दिएको पत्ता लगाएको छ। उनले उक्त पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दिएकीले