विवाहको कुरा गर्न गएका पुरुषलाई बलात्कारको आरोप लगाउने किशोरीलाई साढे तीन वर्षको जेल सजाय

बलात्कार गरेको झुटो आरोप लगाउने एक किशोरीलाई साढे तीन वर्षको जेल सजाय सुनाइएको छ । अछामकी १९ वर्षीया किशोरीले सोही जिल्लाका एक पुरुषलाई जर्बजस्ती गरेको आरोप लगाएपछि उनलाई अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो ।घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर बलात्कार आरोप लगाएकी किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको एकल इजलासले साढे तीन वर्ष जेल सजाय सुनाएको हो । किशोरीले विवाहको प्रस्ताव लिएर घरमा आएका पुरुषमाथि बलात्कार आरोपमा गत माघ १७ गते जिल्ला प्रहरी कार्यालय अछाममा जा