नेपालको एसएमईको विकासमा ओइसीडी सहयोग अपेक्षा

साना तथा मझौला उद्यम व्यसायमा आवद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, गुणस्तर सुधार तथा शीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय स“स्थाहरूको सहयोग अपरिहार्य भएको कुरामा जोड दिएका छन् ।

सम्बन्धित सामग्री

गृहमन्त्री लामिछानेसँग चिनियाँ र पाकिस्तानी राजदूतको भेट

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि चीनका राजदूत छन सोङले आज भेटवार्ता गरेका छन्।भेटवार्ताका क्रममा मन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विपद्का बेला चीनले गर्दै आएको सहयोग अविष्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखे।मन्त्री लामिछानेले सुरक्षा प्रणालीको सुधार, अध्यागमन प्रणालीको आधुनिकीकरण र प्रविधिकीकरण, विपद् व्यवस्थापन, सीमा व्यवस्थापनका साथै व्

सीएनआई–आईसीसी समझदारी : आर्थिक सम्बन्ध अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा

काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्श (आईसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुईओटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशिता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो । समझदारीमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र आईसीसीका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका छन् । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्ने अपेक्षा गरिएको छ ।  सीएनआई अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको अवसर रहेको बताउँदैै नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरे । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्र भित्रको अपार सम्भावना, शिक्षा र चियालगायत क्षेत्रमा भएको लगानीका अवसरबारे जानकारी गराएका थिए । आईसीसीका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिँदै दुवै देशले संयुक्त उद्यम र साझेदारीका हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्त्व रहेको उनको भनाइ थियो । सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा यूएसीको महत्त्वबारे प्रकाश पारेका थिए । साथै उनले यूएसीले एशियन राष्ट्रबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सीएनआईका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्ध सुदृढ गर्ने र क्षेत्रीय सहयोग प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र सुधारमा सहयोग पुग्छ : ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको बताएका छन्। उनले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताए।धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासङ्घका अध्य

नेपालको उन्नति जलविद्युतबाटै सम्भव छ : सभामुख घिमिरे

काठमाडौं : सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाटे सम्भव रहेको बताएका छन्।बिहीबार ललितपुरमा आयोजित सामूहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।उनले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि  संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए। उनले ऊर्जा

वायुसेवा निगममा सुधारको अपेक्षा

भारतको एयर इन्डियाले ५ सयओटा एयरबस किन्ने भएको छ । सरकारले एयर इन्डिया टाटा ग्रूपलाई बेचेपछि उसले उडान विस्तारका लागि यस्तो सम्झौता गरेको हो । भारतमा १ सयभन्दा बढी विमानस्थल थपिएपछि अहिले त्यहाँ विमान थप्न प्रतिस्पर्धा जस्तै चलेको छ । तर, नेपालमा भने विमानस्थल थपिए पनि नयाँ विमान थपेर उडान विस्तारको काम त्यति तीव्रताका साथ हुन सकेको छैन । यसो हुनुमा हवाइ दूरी छोटो हुनु र उच्च मध्यमवर्गको उदय निकै कम हुनु हो । नेपालको सरकारी नेपाल वायु सेवा निगमले आन्तरिक उडान र अन्तरराष्ट्रिय दुवै उडानमा खासै प्रगति गर्न सकेको छैन । यसो हुनुमा निगमको व्यवस्थापन कमजोर हुनु र राजनीतिक हस्तक्षेप बढी हुनुलाई कारण मानिन्छ । अहिले पर्यटनमन्त्री सुदन किरातीले निगमको कार्यशैली सुधार गर्न र उडानको विवरण दैनिक आफूलाई बुझाउन निर्देशन दिएकाले यसमा केही सुधार हुने अपेक्षा गरिएको छ । पर्यटन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई १ महीनाभित्र अनलाइनमार्फत सहज रूपमा सर्वसाधारणले टिकट पाउने व्यवस्था गर्न निर्देशन दिएअनुरूप अहिले निगमको टिकट अनलाइनबाट खरीद गर्न सकिने भएको छ । सरकारी स्वामित्व रहेको र साधनस्रोतको हिसाबमा निजी कम्पनीभन्दा पछि नरहेको निगमले यतिका वर्षमा सहज अनलाइन टिकट खरीद गर्न सक्ने व्यवस्था किन गर्न सकेन ? रहस्यको विषय बनेको छ । तर, मन्त्री किरातीले निगमका प्रत्येक क्रियाकलाप, उडान बारे नियमित बिफ्रिङ लिन थालेपछि निगममा सुधार हुने अपेक्षा बढेको छ । एकातिर ग्राहकले टिकट किन्न नपाउने र अर्कातिर निगमका विमान रित्तै उड्ने गरेको गुनासो व्यापक रहेको छ । यो समस्याको समाधानका लागि नै अनलाइन टिकट विक्रीको व्यवस्था भएको हो । सर्वसाधारण प्रयोगकर्ताले निगमको टिकट काट्ने सेवाप्रति गुनासो त्यसको व्यावहारिक प्रयोग गर्दा भोग्नुपर्ने अन्योल र अप्ठ्यारोप्रति लक्षित देखिन्छ । हुन त मन्त्री किरातीले निर्देशन दिनुअघिदेखि नै अनलाइनको व्यवस्था भएको निगमका कर्मचारीको भनाइ छ तर विभिन्न कारणले यो अनलाइनबाट टिकट खरीद गर्न भने नमिलेको बताइन्छ । अहिले मन्त्री किरातीले कडा शब्दमा सार्वजनिक रूपमै निर्देशन दिएको हुँदा निगम सुध्रिन बाध्य हुने देखिन्छ । अन्तरराष्ट्रिय उडानमा पनि अनलाइन टिकटिङको व्यवस्था छ । त्यसलाई अझै सुधार्ने, स्पष्ट देखिने गरी सबैले देखिने बनाउन आवश्यक छ । तर, अनलाइन टिकटिङले नेवानिको हवाईजहाजबाट यात्रा गर्न टिकट काट्ने कुरामा तात्त्विक भिन्नता ल्याउला र निगमका सुधार ल्याउला त ? भन्ने पनि प्रश्न उठेको छ । विभिन्न आन्तरिक गन्तव्यमा सेवा दिन निगमसँग जम्मा दुईओटा ट्वीनअटर विमान उपलब्ध छन् । र, ती पनि सीमित गन्तव्यमा मात्रै चल्छन् । धेरैजसो दुर्गममा उडान भर्ने ती दुई ट्वीनअटर विमानको यात्रु क्षमता ११ देखि १२ जनासम्म रहेको बताइन्छ । निगमसँग रहेको अर्को एउटा ट्वीनअटर विमान चल्न नसक्ने अवस्थामा थन्किएको छ । यस्तोमा निगमले आन्तरिक उडानकै लागि पनि साना विमान किन्न आवश्यक भइसकेको छ । भैरहवा, पोखरा, विराटनगर र नेपालगञ्जका लागि मध्यम खालका विमान ल्याएर निगमले राम्रो सेवा दिन सक्छ र बजार पनि लिन सक्छ । यसले भाडामा प्रतिस्पर्धा ल्याएर यात्रुलाई लाभ दिन सक्छ । यसतर्फ सरकार र निगमको ध्यान जानु आवश्यक छ । दुईओटा ट्वीनअटर र दुईओटा एटीआरजस्ता ट्रङ्क रूटमा सञ्चालन गर्न सकिने विमान थप्नुपर्ने देखिन्छ । तर, उपयुक्त व्यावसायिक योजनाविना र बजारको अध्ययनविना जहाज खरीद गर्न दिइयो भने अहिले वाइडबडी जस्तो पूर्ण क्षमतामा व्यवसाय गर्न नसक्ने अवस्था पनि आउँछ । अहिले निगमसँग दुईओटा वाइड बडी र दुईओटा न्यारो बडी गरी चारओटा विमान छन् । यी विमानबाट भारतका तीन केही शहर, हङकङ, क्वालालम्पुर, बैंकक, दुबई, दोहा, रियाद र टोकियोमा उडानमा भइरहेको छ । निगमको व्यवस्थापन चुस्त भएमा उसले राम्रै मुनाफा आर्जन गर्न सक्ने देखिन्छ । तर, आन्तरिक उडानमा भने निजीक्षेत्र निकै अगाडि रहेको छ । आन्तरिक उडानका लागि उसलाई थप विमान जरुरी नै देखिन्छ । अहिले आन्तरिक यात्रुको संख्या निकै बढेको छ । तर, निगमसँग उडानका लागि पर्याप्त विमान नै छैनन् । निजी वायु सेवा कम्पनीको दाँजोमा निगममा कर्मचारीको संख्या बढिरहेको बताइन्छ । वायुसेवाका धेरैजसो काम अनलाइन हुने र टिकटिङका लागि एजेन्टहरू हुने भएकाले सकेसम्म कम कर्मचारी हुनु राम्रो हो । यसतर्फ पनि व्यवस्थापनको ध्यान जानु जरुरी छ । नेपालको पर्यटनलाई गति दिन वायु सेवा प्रभावकारी हुनुपर्छ । विदेशबाट यसले जति सस्तोमा पर्यटक ल्याउँछ त्यति नै धेरै पर्यटक नेपाल आउँछन् । विमान भाडा नै महँगो हुँदा धेरै पर्यटक चाहेर पनि नेपाल आउन सकेका छैनन् । कोरोनाबाट प्रभावित पर्यटनमा अहिले निकै सुधार भएको छ । पर्यटक आगमन संख्या उत्साहपूर्ण छ । तर, यसरी आउने पर्यटकबाट विदेशी वायु सेवाले पर्याप्त व्यवसाय पाएका छन् र यसबाट हुने आम्दानी विदेशिएको छ । यसको अंश नेपालको वायुसेवा कम्पनीले लिनुपर्छ । नेपालले धेरै देशसँग हवाई सम्झौता गरेको छ । सम्झौता भएका मुलुकमा निगमको सेवा पुर्‍याउन सकिन्छ । अहिले यूरोपमा निगमको सेवा पुर्‍याउन सक्ने हो भने गुणस्तरीय पर्यटनका लागि निकै ठूलो सहयोग पुग्छ । विगतमा जर्मनी, बेलायत आदि मुलुकमा निगमको सेवा उपलब्ध थियो । ती देशबाट आउने पर्यटकको अंश ठूलो थियो । तर, अहिले त्यो अंश थोरै छ । निगमको सुधारका लागि अहिले चालिएका कदम सकारात्मक देखिएका छन् । तर, पर्याप्त विमान र उचित व्यवस्थापन नहुने हो भने त्यसले त्यति प्रतिफल दिन सक्दैन । पर्यटनमन्त्रीले निगम सुधारमा बढी सक्रियता देखाएकाले यसले केही न केही परिणाम पक्कै देला भन्न सकिन्छ  । लेखक पर्यटन व्यवसायी हुन् ।

गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सन बीच भेटवार्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्।गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको भन्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरे।भेटमा राजदूत थम्प्स

चीनसँग अपेक्षा

उत्तरी छिमेकका विदेशमन्त्री वाङ यी नेपालको भ्रमणमा आउने खबरसँगै सरकार भ्रमणका एजेन्डा बनाउन जुटेको छ । शताब्दीऔंदेखि मित्रतापूर्ण सम्बन्ध रहेको चीनसँग नेपालले धेरै अपेक्षा राखेको पाइन्छ । तर, यसअघिका कैयन् विषयमा भएका सहमति अझै कार्यान्वयन नभएको अवस्था छ । अहिले हुन लागेको भ्रमणमा नेपालले आफ्ना वास्तविक मुद्दा उठाउनुपर्छ र यसअघि कार्यान्वयन हुन नसकेका विषय उठाउन राम्रोसँग तयारी गर्नुपर्छ । ‘चीन नेपालका लागि र नेपाल चीनका लागि’ भन्ने असली छिमेकीको सम्बन्धलाई कायम राख्न यसपालिको भ्रमणलाई फलदायी बनाउनु अहिले दुवै देशका लागि आवश्यक छ । नेपालले सबै देशसँग समान सम्बन्ध राख्नुपर्छ र आफ्ना मित्रराष्ट्रहरूको चासो र चिन्तालाई सम्मान गर्नुपर्छ र गर्दै आएको पनि छ । एक चीन नीतिप्रति नेपालले पूर्ण समर्थन गर्दै आएको छ र चीनविरुद्ध आफ्नो देशमा कुनै गतिविधि हुन नदिने प्रतिबद्धता पनि व्यक्त गर्दै आएको छ । तर, नेपालको यस प्रतिबद्धताको कार्यान्वयनप्रति चीन विश्वस्त हुन नसकेको हो कि भन्ने कुरा उसको व्यवहारले देखाइरहेको छ । आपसी भ्रमण र कुराकानीले यस्तो आशंका हटाउन मद्दत मिल्ने भएकाले नेपालले चीनको चासोबारे राम्ररी तयारी गर्नुपर्ने देखिन्छ । नेपालले अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट पारित गरिसकेको छ । यसमा चीनको असन्तुष्टि रहेको तथ्य सार्वजनिक भइरहेको छ । स्वतन्त्र मुलुक भएका नाताले कोसँग कस्तो सम्बन्ध राख्ने र कस्तो सहयोग लिने भन्ने कुराको निर्णय गर्ने अधिकार नेपाललाई छ । एमसीसी सम्झौता संसद्बाट पारित भए पछि हुन लागेको यो भ्रमण यसैसँग सम्बद्ध रहेको विश्लेषण पनि गरिँदै छ । अतः नेपालले एमसीसी सहयोग नेपाललाई किन आवश्यक भएको हो भन्नेबारे चीनलाई विश्वस्त पार्नु आवश्यक छ । र, कार्यान्वयनका लागि चीनको सहयोग र शुभेच्छा लिनसक्ने वातावरण बनाउनुपर्छ । चीनले पनि एमसीसी कार्यान्वयनमा कुनै पनि अल्झनको वातावरण निम्त्याउनु हुँदैन । नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएशनमा हस्ताक्षर गरेको ४ वर्ष बिते पनि यसअन्तर्गत कुनै परियोजना बनेका छैनन् जब कि अन्य देशमा भने परियोजना बनिसकेर पनि सञ्चालनमा आइसकेका छन् । यसअन्तर्गत नेपालमा हुनुपर्ने कामहरू किन भएनन् भन्नेमा चीनसँग नेपालले स्पष्टसँग कुरा राख्न सक्नुपर्छ । नेपालका तर्फबाट तयारी नपुगेर काम हुन नसकेको भए त्यसबारे पनि नेपालले स्पष्ट पार्नु आवश्यक छ । त्यस्तै २०७६ सोज २५ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको क्रममा नेपाल र चीनबीच यातायात, भौतिक पूर्वधार, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्यलगायत विभिन्न १८ ओटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, तिनको कार्यान्वयन गर्न दुवै पक्षबाट सक्रिय रूपका काम हुन सकेन । चीनका विदेशमन्त्रीको आसन्न भ्रमणमा यी विषय छुट्नु हुँदैन । कोरोनाका कारण बन्द गरिएका उत्तरी नाकाबाट अझै सहज रूपमा सामान आयात हुन सकेको छैन । सीमामा कडाइ गरिँदा नेपाली व्यवसायीहरूले वैकल्पिक मार्गबाट सामान ल्याउनुपरेको छ, जसले गर्दा ढुवानी खर्च बढी लाग्ने गरेको छ र उपभोक्ता महँगीको मारमा परेका छन् । निर्यात त झनै ठप्प छ । भारतपछिको दोस्रो ठूलो व्यापार साझेदार भएर पनि चीनले नेपालको समस्याप्रति उदासीनता देखाइरहेको छ । त्यसैले तातोपानी र रसुवागढी नाकामा भएका अवरोधबारे नेपालले स्पष्ट रूपमा आवाज उठाउनुपर्छ । चीनले सहुलियतपूर्ण कर्जामा उपलब्ध गराएको चिनियाँ विमान नेपालका लागि घाँडो भएको छ । चलाउँदा पनि घाटा हुने भएकाले यी ग्राउन्डेड छन् र नेपालले विमानको किस्ता तिर्नसमेत सकेको छैन । यो चीनकै लागि पनि लज्जाको विषय हो । त्यसैले यी विमान फिर्ता लैजाने अथवा यसको ऋण माफी दिने विषयमा सरकारले कुरा उठाउनुपर्ने देखिन्छ । अन्य देशमा राम्रोसँग काम गरिरहेका चिनियाँ कम्पनीले नेपालमा राम्रोसँग काम नगर्दा चिनिया ठेकेदारप्रति अविश्वासको वातावरण बनेको छ । त्यसैले ‘चीन नेपालका लागि र नेपाल चीनका लागि’ भन्ने असली छिमेकीको सम्बन्धलाई कायम राख्न यसपालिको भ्रमणलाई फलदायी बनाउनु अहिले दुबै देशका लागि आवश्यक छ । यसका लागि नेपालले गम्भीर तयारी त गर्नैपर्छ अर्कोतर्फ चीनका विदेशमन्त्रीसँग आउने टोली पनि त्यस्तै खाले हुनुपर्छ । चिनियाँ विदेशमन्त्रीसँगको टोलीमा कम्तीमा भन्सार, बीआरआई कार्यान्वयन गर्ने निकायका पदाधिकारी हुने हो भने अहिले देखिएको अलमललाई सही ट्र्याकमा ल्याउन मद्दत गर्छ ।

जलवायु परिवर्तन र कोप–२६ सम्मेलनबाट अपेक्षा

कार्बन उत्सर्जन कम गर्ने र विकासोन्मुख देशलाई सहयोग गर्ने भन्दै कोपनहेगन सम्मेलनबाट हरित जलवायु कोष खडा गरिएको छ । जलवायु परिवर्तनबारे बहस गर्न गत अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म बेलायतस्थित स्कटल्यान्डको ग्लास्गोमा कोपको २६ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । यसमा नेपालको तर्पmबाट प्रधानमन्त्रीले भाग लिए । विश्वमा सर्वाधिक कार्बन उत्सर्जन गर्ने देश […]

विभिन्न संघ–संस्थालाई कोरोना महामारी नियन्त्रणमा युनिलिभर नेपालको सहयोग

काठमाडौं (अस) । ग्लोबल युनिलिभर गु्रपमा सहभागी युनिलिभर नेपालले उपभोक्ता समूह, समुदाय तथा विश्वकै स्वास्थ्य सुधारलाई केन्द्रित गरी विभिन्न सामाजिक काम गरिरहेको जनाएको छ । कम्पनीले कोभिड महामारीको दोस्रो चरणमा नेपालले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी मेडिकल तथा आपतकालीन उपकरण जिल्ला प्रशासन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको छ । विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सन्टे«टर  योगदान गरिएको छ । युनिलिभरले विभिन्न संघ–संस्थालाई अक्सिजन कन्सन्ट्रेटर १२८, एन९५ मास्क १ हजार ५००, सर्जिकल ग्लोब्स ३ हजार ४ सय, सु कभर २ हजार, वर्किङ क्याप २ हजार, मेडिकल गगल २ सय हस्तान्तरण गरिएको बताएको छ । उल्लिखित उपकरण तथा सामान मेडिकल क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने मेडिकल कर्मचारीका लागि कोरोना रोकथाम तथा उपचारमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेलले कम्पनीले कोरोना महामारी नियन्त्रणमा पुर्‍याएको सहयोगप्रति धन्यवाद जनाएको युनिलिभरले बताएको छ । युनिलिभर नेपालका प्रबन्ध निर्देशक  अम्लान मुखर्जीले कोभिडका सिकिस्त केसलाई निरन्तर अक्सिजन आपूर्ति गरेर  मेडिकल पूर्वाधारको भार कम गर्नुपर्ने आवश्यकता औंल्याए । स्वास्थ्य संकटलाई निरोपण गर्न युनिलिभर परिवारले नेपाली नागरिकको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । युनिलिभरले कोभिड संक्रमितका लागि मेडिकल उपकरणबाहेक हेटौंडामा अक्सिजन प्लान्ट स्थापनामा पनि आर्थिक सहयोग गरेको छ । युनिलिभरले  लाइफब्याय ब्रान्डलाई आधार बनाएर महामारीमा जनचेतना जगाउन विभिन्न सञ्चार माध्यमबाट ‘पब्लिक सर्भिस एनाउन्समेन्ट’ अभियान सञ्चालन गरिरहेको छ । लाइफब्याय साबुन युनिलिभर नेपालको उत्पादन हो ।

चिनियाँ भाषा तालिमले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना गरिएको थियो ।