वायुसेवा निगममा सुधारको अपेक्षा

भारतको एयर इन्डियाले ५ सयओटा एयरबस किन्ने भएको छ । सरकारले एयर इन्डिया टाटा ग्रूपलाई बेचेपछि उसले उडान विस्तारका लागि यस्तो सम्झौता गरेको हो । भारतमा १ सयभन्दा बढी विमानस्थल थपिएपछि अहिले त्यहाँ विमान थप्न प्रतिस्पर्धा जस्तै चलेको छ । तर, नेपालमा भने विमानस्थल थपिए पनि नयाँ विमान थपेर उडान विस्तारको काम त्यति तीव्रताका साथ हुन सकेको छैन । यसो हुनुमा हवाइ दूरी छोटो हुनु र उच्च मध्यमवर्गको उदय निकै कम हुनु हो । नेपालको सरकारी नेपाल वायु सेवा निगमले आन्तरिक उडान र अन्तरराष्ट्रिय दुवै उडानमा खासै प्रगति गर्न सकेको छैन । यसो हुनुमा निगमको व्यवस्थापन कमजोर हुनु र राजनीतिक हस्तक्षेप बढी हुनुलाई कारण मानिन्छ । अहिले पर्यटनमन्त्री सुदन किरातीले निगमको कार्यशैली सुधार गर्न र उडानको विवरण दैनिक आफूलाई बुझाउन निर्देशन दिएकाले यसमा केही सुधार हुने अपेक्षा गरिएको छ । पर्यटन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमलाई १ महीनाभित्र अनलाइनमार्फत सहज रूपमा सर्वसाधारणले टिकट पाउने व्यवस्था गर्न निर्देशन दिएअनुरूप अहिले निगमको टिकट अनलाइनबाट खरीद गर्न सकिने भएको छ । सरकारी स्वामित्व रहेको र साधनस्रोतको हिसाबमा निजी कम्पनीभन्दा पछि नरहेको निगमले यतिका वर्षमा सहज अनलाइन टिकट खरीद गर्न सक्ने व्यवस्था किन गर्न सकेन ? रहस्यको विषय बनेको छ । तर, मन्त्री किरातीले निगमका प्रत्येक क्रियाकलाप, उडान बारे नियमित बिफ्रिङ लिन थालेपछि निगममा सुधार हुने अपेक्षा बढेको छ । एकातिर ग्राहकले टिकट किन्न नपाउने र अर्कातिर निगमका विमान रित्तै उड्ने गरेको गुनासो व्यापक रहेको छ । यो समस्याको समाधानका लागि नै अनलाइन टिकट विक्रीको व्यवस्था भएको हो । सर्वसाधारण प्रयोगकर्ताले निगमको टिकट काट्ने सेवाप्रति गुनासो त्यसको व्यावहारिक प्रयोग गर्दा भोग्नुपर्ने अन्योल र अप्ठ्यारोप्रति लक्षित देखिन्छ । हुन त मन्त्री किरातीले निर्देशन दिनुअघिदेखि नै अनलाइनको व्यवस्था भएको निगमका कर्मचारीको भनाइ छ तर विभिन्न कारणले यो अनलाइनबाट टिकट खरीद गर्न भने नमिलेको बताइन्छ । अहिले मन्त्री किरातीले कडा शब्दमा सार्वजनिक रूपमै निर्देशन दिएको हुँदा निगम सुध्रिन बाध्य हुने देखिन्छ । अन्तरराष्ट्रिय उडानमा पनि अनलाइन टिकटिङको व्यवस्था छ । त्यसलाई अझै सुधार्ने, स्पष्ट देखिने गरी सबैले देखिने बनाउन आवश्यक छ । तर, अनलाइन टिकटिङले नेवानिको हवाईजहाजबाट यात्रा गर्न टिकट काट्ने कुरामा तात्त्विक भिन्नता ल्याउला र निगमका सुधार ल्याउला त ? भन्ने पनि प्रश्न उठेको छ । विभिन्न आन्तरिक गन्तव्यमा सेवा दिन निगमसँग जम्मा दुईओटा ट्वीनअटर विमान उपलब्ध छन् । र, ती पनि सीमित गन्तव्यमा मात्रै चल्छन् । धेरैजसो दुर्गममा उडान भर्ने ती दुई ट्वीनअटर विमानको यात्रु क्षमता ११ देखि १२ जनासम्म रहेको बताइन्छ । निगमसँग रहेको अर्को एउटा ट्वीनअटर विमान चल्न नसक्ने अवस्थामा थन्किएको छ । यस्तोमा निगमले आन्तरिक उडानकै लागि पनि साना विमान किन्न आवश्यक भइसकेको छ । भैरहवा, पोखरा, विराटनगर र नेपालगञ्जका लागि मध्यम खालका विमान ल्याएर निगमले राम्रो सेवा दिन सक्छ र बजार पनि लिन सक्छ । यसले भाडामा प्रतिस्पर्धा ल्याएर यात्रुलाई लाभ दिन सक्छ । यसतर्फ सरकार र निगमको ध्यान जानु आवश्यक छ । दुईओटा ट्वीनअटर र दुईओटा एटीआरजस्ता ट्रङ्क रूटमा सञ्चालन गर्न सकिने विमान थप्नुपर्ने देखिन्छ । तर, उपयुक्त व्यावसायिक योजनाविना र बजारको अध्ययनविना जहाज खरीद गर्न दिइयो भने अहिले वाइडबडी जस्तो पूर्ण क्षमतामा व्यवसाय गर्न नसक्ने अवस्था पनि आउँछ । अहिले निगमसँग दुईओटा वाइड बडी र दुईओटा न्यारो बडी गरी चारओटा विमान छन् । यी विमानबाट भारतका तीन केही शहर, हङकङ, क्वालालम्पुर, बैंकक, दुबई, दोहा, रियाद र टोकियोमा उडानमा भइरहेको छ । निगमको व्यवस्थापन चुस्त भएमा उसले राम्रै मुनाफा आर्जन गर्न सक्ने देखिन्छ । तर, आन्तरिक उडानमा भने निजीक्षेत्र निकै अगाडि रहेको छ । आन्तरिक उडानका लागि उसलाई थप विमान जरुरी नै देखिन्छ । अहिले आन्तरिक यात्रुको संख्या निकै बढेको छ । तर, निगमसँग उडानका लागि पर्याप्त विमान नै छैनन् । निजी वायु सेवा कम्पनीको दाँजोमा निगममा कर्मचारीको संख्या बढिरहेको बताइन्छ । वायुसेवाका धेरैजसो काम अनलाइन हुने र टिकटिङका लागि एजेन्टहरू हुने भएकाले सकेसम्म कम कर्मचारी हुनु राम्रो हो । यसतर्फ पनि व्यवस्थापनको ध्यान जानु जरुरी छ । नेपालको पर्यटनलाई गति दिन वायु सेवा प्रभावकारी हुनुपर्छ । विदेशबाट यसले जति सस्तोमा पर्यटक ल्याउँछ त्यति नै धेरै पर्यटक नेपाल आउँछन् । विमान भाडा नै महँगो हुँदा धेरै पर्यटक चाहेर पनि नेपाल आउन सकेका छैनन् । कोरोनाबाट प्रभावित पर्यटनमा अहिले निकै सुधार भएको छ । पर्यटक आगमन संख्या उत्साहपूर्ण छ । तर, यसरी आउने पर्यटकबाट विदेशी वायु सेवाले पर्याप्त व्यवसाय पाएका छन् र यसबाट हुने आम्दानी विदेशिएको छ । यसको अंश नेपालको वायुसेवा कम्पनीले लिनुपर्छ । नेपालले धेरै देशसँग हवाई सम्झौता गरेको छ । सम्झौता भएका मुलुकमा निगमको सेवा पुर्‍याउन सकिन्छ । अहिले यूरोपमा निगमको सेवा पुर्‍याउन सक्ने हो भने गुणस्तरीय पर्यटनका लागि निकै ठूलो सहयोग पुग्छ । विगतमा जर्मनी, बेलायत आदि मुलुकमा निगमको सेवा उपलब्ध थियो । ती देशबाट आउने पर्यटकको अंश ठूलो थियो । तर, अहिले त्यो अंश थोरै छ । निगमको सुधारका लागि अहिले चालिएका कदम सकारात्मक देखिएका छन् । तर, पर्याप्त विमान र उचित व्यवस्थापन नहुने हो भने त्यसले त्यति प्रतिफल दिन सक्दैन । पर्यटनमन्त्रीले निगम सुधारमा बढी सक्रियता देखाएकाले यसले केही न केही परिणाम पक्कै देला भन्न सकिन्छ  । लेखक पर्यटन व्यवसायी हुन् ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको प्रतिबद्धतासँगै सिमेन्ट उद्योग सुधारको अपेक्षा

देशकै सबैभन्दा ठूलो पूर्ण सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गर्नुभएको उद्योग प्रशासनले जनाएको छ । दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गर्नुभएपछि उद्योग सुधार हुने अपेक्षा यहाँका नागरिकले गरेका छन् । उदयपुरको जलजलेमा स्थापना भई सञ्चालन हुँदै आएको उक्त …

अमेरिकी अर्थमन्त्री चीन भ्रमणमा, व्यापार सम्बन्ध सुधारको अपेक्षा

अमेरिकाले अर्थमन्त्रीको भ्रमणबाट महत्वपूर्ण सफलताको अपेक्षा नगर्ने, तर चीनसँग सञ्चारका दीर्घकालीन च्यानल कायम गर्ने लक्ष्य राखेको छ  हाल चीन भ्रमणमा रहेकी अमेरिकी अर्थमन्त्री जेनेट येलेन बेइजिङमा महत्वपूर्ण भेटघाटमा व्यस्त छिन् । विश्वका...

अर्थतन्त्र सुधारको अपेक्षा

देशको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः घट्दै गएको तथ्यांकले संकेत गरेको छ । विदेशी विनिमय सञ्चिति, चालू खाता एवम् शोधनान्तर स्थितिमा भएको सुधारलगायतका कारण अर्थतन्त्रमा सुधार हुँदै गएको संकेत देखिएको हो । केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भई १४ खर्ब ७० अर्ब ३३ करोड रुपियाँ अर्थात् ११ अर्ब […]

लघुवित्त कार्यक्रममा सुधारको अपेक्षा

लघुवित्तको अवधारणा बेरोजगार र आर्थिक रूपले पिछडिएका, आयस्रोत कम भएका वा हुँदैनभएका विपन्न र पिछडिएको वर्गलाई विनाधितो सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै राज्यको आर्थिक विकासको लक्ष्यमा सहभागी गराउने हो । विविधतापूर्ण नेपालमा...

३ प्रश्न

सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान गर्ने निर्णय भएको छ । यसबाट विभागले कस्तो सुधारको अपेक्षा गरेको हो? हाल मुलुकभर करिब तीन लाख दुईपांग्रे र एक लाख चारपांग्रे गरी चार लाख सरकारी सवारीसाधन...

अर्थतन्त्रमा सुधारको अपेक्षा

निर्वाचित जनप्रतिनिधिले आफ्ना वाचाअनुरूप आर्थिक समृद्धिको यात्रालाई सघाउन विविध आर्थिक क्रियाकलापमा जोड दिने आशाले पनि आगामी दिनमा अर्थतन्त्रमा सकारात्मक सुधार हुने अपेक्षा गर्नु स्वाभाविक हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदान भने अपेक्षाकृत कममात्रै भएको छ । संसदीय निर्वाचनमा २०४८ यता […]

नेपालको ब्याटिङ सुधारको अपेक्षा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले दोस्रो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । नेपाललाई सिरिज बचाउन आजको खेल जित्नै पर्ने हुन्छ […]

केन्याविरुद्ध तेस्रो खेलमा नेपालको ब्याटिङ सुधारको अपेक्षा

एजेन्सी – नेपालले तेस्रो टि२० आई खेलमा आज केन्यासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा नैरोबीमा रहेको जिमखाना क्रिकेट क्लब ग्राउन्डमा सुरुहुनेछ । पाँच टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । नेपाल पहिलो खेलमा ५ विकेटले विजयी हुँदा दोस्रो खेलमा १८ रनले पराजित भएको थियो । ओपनर पवन […]

नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा

काठमाडौं । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपाली क्रिकेट टोलीले आइसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई शृंखलाको तेस्रो खेलमा आज सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । दुबईमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा छ । आज विशेषगरी नेपाली टिमले आफ्नो ब्याटिङ […] The post नेपाल र यूएई भिड्दै : ब्याटिङ सुधारको अपेक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक.

निजामती सेवामा सुधारको अपेक्षा

जनतालाई सार्वजनिक सेवा प्रवाह गर्ने उद्देश्यले स्थापित संयन्त्र हो, निजामती सेवा । राजनीतिज्ञले बनाएको नीति कार्यान्वयन गर्ने जिम्मेवारी निजामती कर्मचारीको हो । स्थायी सरकार मानिने निजामती सेवाको मुलुकको विकास र...