काठमाडौं (अस) । ग्लोबल युनिलिभर गु्रपमा सहभागी युनिलिभर नेपालले उपभोक्ता समूह, समुदाय तथा विश्वकै स्वास्थ्य सुधारलाई केन्द्रित गरी विभिन्न सामाजिक काम गरिरहेको जनाएको छ ।
कम्पनीले कोभिड महामारीको दोस्रो चरणमा नेपालले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी मेडिकल तथा आपतकालीन उपकरण जिल्ला प्रशासन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत अनुदान दिएको छ ।
विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा तत्काल आवश्यक परेको स्थानमा अक्सिजन कन्सन्टे«टर योगदान गरिएको छ ।
युनिलिभरले विभिन्न संघ–संस्थालाई अक्सिजन कन्सन्ट्रेटर १२८, एन९५ मास्क १ हजार ५००, सर्जिकल ग्लोब्स ३ हजार ४ सय, सु कभर २ हजार, वर्किङ क्याप २ हजार, मेडिकल गगल २ सय हस्तान्तरण गरिएको बताएको छ । उल्लिखित उपकरण तथा सामान मेडिकल क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने मेडिकल कर्मचारीका लागि कोरोना रोकथाम तथा उपचारमा सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मुख्य विशेषज्ञ डा. रोशन पोखरेलले कम्पनीले कोरोना महामारी नियन्त्रणमा पुर्याएको सहयोगप्रति धन्यवाद जनाएको युनिलिभरले बताएको छ ।
युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कोभिडका सिकिस्त केसलाई निरन्तर अक्सिजन आपूर्ति गरेर मेडिकल पूर्वाधारको भार कम गर्नुपर्ने आवश्यकता औंल्याए ।
स्वास्थ्य संकटलाई निरोपण गर्न युनिलिभर परिवारले नेपाली नागरिकको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । युनिलिभरले कोभिड संक्रमितका लागि मेडिकल उपकरणबाहेक हेटौंडामा अक्सिजन प्लान्ट स्थापनामा पनि आर्थिक सहयोग गरेको छ ।
युनिलिभरले लाइफब्याय ब्रान्डलाई आधार बनाएर महामारीमा जनचेतना जगाउन विभिन्न सञ्चार माध्यमबाट ‘पब्लिक सर्भिस एनाउन्समेन्ट’ अभियान सञ्चालन गरिरहेको छ । लाइफब्याय साबुन युनिलिभर नेपालको उत्पादन हो ।