तामिम इकवालले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी श्रृखंला नखेल्ने हुनुभएको छ । अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलापछि बङ्गलादेशले न्युजिल्याण्ड विरुद्धको टी ट्वान्टी खेल्नेछ ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय एकदिवसीय टोलीका कप्तान समेत रहनुभएका तामिम इकवालले ब्यक्तिगत कारणले टी ट्वान्टी खेल्न नसक्ने बताउनुभएको हो । उहाँले आफ्नो निर्णयबारे प्रमुख प्रशिक्षक रस्सैल डोमिंगो र चयनकर्ता समितिका प्रमुख मिनहजुल अबेदिनलाई जानकारी गराउनुभएको बताइएको छ ।