फागुनको दोस्रो हप्ता पनि बैंकिङ क्षेत्रमा निक्षेप संकलनमा खासै सुधार नभएको देखिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको पछिल्लो रिपोर्टअनुसार फागुन ६ गतेदेखि १३ गतेसम्म २७ वाणिज्य बैंकहरूले जम्माजम्मी एक अर्ब रुपैयाँ निक्षेप बढाउँदै ४३ खर्ब १३ अर्ब रुपैयाँ संकलन गर्न सकेका हुन् । यसअघि अघिल्लो अर्थात् गत माघ २९ गतेदेखि फागुन ६ गतेसम्म बैंकहरूले ४३ खर्ब १२ अर्ब रुपैयाँ संकलन गरेका थिए । तर, एक हप्तामा एक अर्ब रुपैयाँमात्र निक्षेप संकलन वृद्धि गर्न सकेका बैंकहरूले सोही अवधिमा कर्जा लगानी भ