साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका गाउँगाउँमा हेलिकोप्टरमार्फत नुन ढुवानी गर्न थालेको छ । कर्णाली करिडोरअन्तर्गत दुल्लीकुनादेखि लालीबगर खण्डमा सडक निर्माणको काम भइरहेकाले स्थलमार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगार्ड गाउँपालिका–६ को ग्युसीबाट हेलिकोप्टरमा नुन ढुवानी गर्न थालिएको हो ।