नेपाल प्रज्ञा प्रतिष्ठानको आज सम्पन्न ३६ औँ प्राज्ञसभाले चालु आर्थिक वर्षका लागि रु २५ करोड ४६ लाखको बजेट तथा कार्यक्रम तर्जुमा गरेको छ ।कोभिड–१९ महामारीका कारण नेपाल सरकारको बजेट कटौती तथा प्रतिष्ठानको आन्तरिक आम्दानीमा कमी आएका कारण उक्त रकम मात्रको बजेट तथा कार्यक्रम पारित गरिएको हो ।
प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सभामा सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले सो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभामा गत आवको यथार्थ आय रु १७ करोड ५७ लाख ६७ हजार र व्यय रु १७ करोड २० लाख ७८ हजारसहित क...