आपतकालीन मर्मतसम्भारको नाममा वर्षको अन्तिममा २५ करोड वितरण

३ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को अन्तिममा विभिन्न कार्यालयलाई २५ करोड भन्दा बढी रकम वितरण गरेको पाइएको छ । २४ जेठमा आर्थिक मामिला मन्त्रालयले आपतकालीन मर्मत सम्भार शीर्षकमा विषयगत कार्यालयलाई २४ करोड ३० लाख रुपैयाँ निकासा दिएको छ । त्यस्तै १८ असारको मन्त्रिपरिषद बैठकले थप एक करोड ४६ लाख बजेट […]