एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले बङ्गलादेशलाई सामाजिक विकासमा समावेशिता र उत्तरदायित्व सुधार गर्न २५ करोड अमेरिकी डलर उपलब्ध गराउने भएको छ । सामाजिक उत्थानशीलता सुदृढीकरण कार्यक्रमअन्तर्गत बजेट सहयोगका रुपमा ऋण उपलब्ध गराउने सम्झौतामा बुधबार बङ्गलादेश र एआइआइबीबीच हस्ताक्षर भएको छ । बङ्गलादेशको आर्थिक सम्बन्ध डिभिजन (ईआरडी) का सचिव शरीफा खान र एआईआईबीको लगानी परिचालन […]