काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा बुधवार प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठतम् नायव महान्यायाधिवक्ता पदम पाण्डेले बहस गरेका छन् । प्रधानमन्त्रीको तर्फबाट बहसमा संलग्न पन्त र पाण्डेले संविधानको धारा र उपधाराको शब्द–शब्दको ब्याख्यामा प्रवेश गरेका छैनन् । धारा–७६ (७) र धारा–७४ को सतही ब्याख्या गर्दै उनीहरुले भनेका छन्– ‘प्रधानमन्त्रीलाई विशेष अधिकार छ, संसद विघटन गर्न पाउनुहुन्छ ।’ सरकारी वकिल पदमप्रसाद पाण्डेले संव