काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताएका छन्। द्वन्द्वपीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्री दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए।“सरकारले चाहँदाचाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन”, उनले भने, “शान