समाजवादी प्रेस संगठन नेपालको विधान २०७८ सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार काठमाडौंमा बसेको संगठनको पहिलो विस्तारित बैठकले उक्त विधान पारित गरेको हो । बैठकमा ३ सय ५० जना समाजवादी प्रेस संगठनका संस्थापक सदस्य, प्रदेश संयोजक, जिल्ला अध्यक्ष र संयोजक सहभागी रहेको महासचिव भुपराज खड्काले जानकारी दिए ।संगठनको बैठकले महासचिब भुपराज खडकाले पेश गरेको संगठनात्मक प्रतिवेदन, प्रदेश इञ्चार्जहरुहरुले पेश गरेको प्रतिवेदन र कोषाध्यक्षले पेश गरेको आर्थिक प्रतिवेदन पारित गर्नुका साथै वरिष्ठ पत्रकार एवं स