संसदीय बोर्डको संख्या बढाउने लगायत केही नयाँ व्यवस्थासहित नेकपा एमालेले संसदीय दलको विधान पारित गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको एमाले संसदीय दलको बैठकले परिमार्जनसहित विधान पारित गरेको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
शनिवार नै बस्ने केन्द्रीय समिति बैठकले विधान अनुमोदन गर्ने उनले जानकारी दिए । ‘नेपालको संविधान, एमालेको विधान र राजनीतिक दल सम्बन्धी ऐन अनुकूल हुने गरी विधान संशोधन गरेका छौं,’ भट्टराईले भने, ‘नयाँ व्यवस्थामा २७ सदस्य रहेको संसदीय बोर्डमा...