नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्द सत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन् ।सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतिले पार्टीको व