अपर तामाकोशीको शेयर निष्कासन मिति सर्यो, प्रभावित क्षेत्रकाले साउन ९ गतेदेखि भर्न पाउने :: BIZMANDU.COM

काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको प्राथमिक शेयरको निष्कासन मिति सारेको छ। कम्पनीले प्रभावित क्षेत्रका

सम्बन्धित सामग्री

आजसम्म कायम शेयरधनीले अपि पावरको हकप्रद शेयरमा आवेदन पाउने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार २२ गते बुक क्लोज गरेसँगै असार २१ गते (आज)सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ४० प्रतिशत निष्कासन गर्न सेबोनबाट असार ६ गते स्वीकृति पाएको थियो ।  हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।  कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा बिहीवारसम्म कायम शेयरधनीले आवेदन दिन पाउने

माघ १९, काठमाडौ । शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा बिहीवारसम्म कायम शेयरधनीले आवेदन गर्न पाउने छन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि माघ २१ गते बुक क्लोज गरेसँगै माघ २० गते बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने भएका हुन् । कम्पनीले ३० प्रतिशत अर्थात् १ अनुपात शून्य दशमलव ३ अनुपातमा रू. १०० अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा एचआईडीसीएल

साउन ३, काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडीसीएल)  ले मंगलवारदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।  कम्पनीले रू. १०० अंकित दरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीको हकप्रदशेयरमा जेठ २७ गतेसम्म कायम शेयरधनीले आवेदन दिन पाउने छन् । हकप्रद शेयर निष्कासन बन्द मिति साउन २५ गते बैंकिङ समयसम्म रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड पुग्नेछ ।  हकप्रद शेयर निष्कासन विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।साथै आवेदकले सि - आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट र सि आस्बा प्रणालीमार्फत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गर्ने हकप्रद शेयरलाई केयर रेटिङ नेपालले  केयर एनपी ए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको आधारभुत पक्ष न्यून जोखिम रहेको देखाउँछ ।

आजसम्म कायम शेयरधनीले नेपाल फाइनान्सको हकप्रद शेयरमा आवेदन गर्न पाउने

जेठ १८, काठमाडौं ।  नेपाल फाइनान्सको हकप्रद शेयरमा  मंगलवारसम्म कायम शेयरधनीले आवेदन गर्न पाउने छन् ।  कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने भएका हुन् ।  कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर अर्थात् प्रतिकित्ता रू. १०० का दरले १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौं, जेठ १२ । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् […]

विद्युत् कम्पनीले बैंकको ऋण तिर्न हकप्रद जारी गर्न पाउने

काठमाडौं । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको शेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा सरोकारवालाको राय सुझाव संकलन गरिरहेको छ । त्यसपश्चात् उक्त निर्देशिकाको संशोधित मस्यौदाले अन्तिम रूप पाउने आयोगका सदस्य रामप्रसाद धितालले बताए । ‘हामीले यही व्यवस्था गर्न नै निर्देशिका संशोधन गर्न लागेका हौं । संशोधनको आवश्यक प्रक्रिया सकिएर लागू भएपछि विद्युत् कम्पनीहरूले बैंकको ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न पाउनेछन्,’ उनले भने, ‘यस सम्बन्धमा हामीले नेपाल धितोपत्र बोर्डसँग छलफल गरिसकेका छौं । यस सम्बन्धमा निकट भविष्यमा कुनै कानूनी समस्या पनि आउने छैनन् ।’ मस्यौदाअनुसार कम्पनीहरूले बैंकको ऋण तिर्ने प्रयोजन नै भनेर पूर्वस्वीकृतिका लागि आयोगमा आवेदन दिन सक्नेछन् । कम्पनीले आयोगबाट स्वीकृति पाएपछि आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीहरूले हकप्रद शेयर निष्कासन गर्न सक्नेछन् । यसरी उठाइएको रकम अन्य प्रयोजनमा खर्च गर्न नपाइने आयोगका सदस्य धितालको भनाइ छ । ‘बैंकको ऋण तिर्ने भनेर हकप्रद शेयर जारी गरेपछि अन्य प्रयोजनमा त्यो रकम खर्च गर्न भने पाइँदैन । सम्बद्ध कम्पनीले हकप्रद शेयर बाँडफाँट भएको ३० दिनभित्र नै बैंकको ऋण तिरेको प्रमाणपत्र आयोगमा बुझाउनुपर्ने छ,’ उनले भने । सबै कम्पनीहरूले ऋण तिर्नकै लागि हकप्रद शेयर निष्कासन गर्न भने पाउने छैनन् । आयोगले तोकेको मापदण्ड पूरा भएका कम्पनीले मात्र यो सुविधा पाउनेछन् । यस्तो हकप्रद शेयर निष्कासन गर्न चाहने कम्पनीले विगत ३ वर्षदेखि शेयरधनीलाई लाभांश दिएको हुनुपर्ने छ । साथै, बैंक ऋणको किस्ता पनि नियमित तिरेको हुनुपर्नेछ । तोकिएका मापदण्डहरू पुग्ने कम्पनीले मात्रा बैंकको ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न पाउने प्रस्ताव गरिएको धितालले बताए । आयोगले २ वर्षअघि नै यस्तो व्यवस्था गर्न खोजेको थियो । तर, त्यसबेला प्राविधिक समस्या भएपछि आयोगले यस्तो व्यवस्था गर्न सकेको थिएन । त्यसबेला अधिकांश विद्युत् उत्पादनसम्बन्धी कम्पनीको शेयर मूल्य आधार मूल्य अर्थात् रू. १०० भन्दा पनि कम थियो । त्यो अवस्थामा हकप्रद शेयर विक्री गर्दा शेयरधनीलाई पनि मर्का हुने समस्या थियो । साथै, धितो बजारसम्बन्धी नीतिसँग पनि बाझिने समस्या थियो । त्यस कारण आयोगले पहिला नै यस्तो व्यवस्था गरेको थिएन । ‘तर, अहिले विद्युत् कम्पनीहरूको शेयर मूल्य पनि बढ्दो क्रममा छ । साथै, धितोपत्र बोर्डसँग आवश्यक समन्वय गरिसकेका छौं,’ आयोग सदस्य धितालले भने, ‘निर्देशिकाको प्रथम संशोधन लागू भएपछि मापदण्ड पुग्ने कम्पनीले यो सुविधा उपभोग गर्न सक्नेछन् ।’ अहिले केही कम्पनीहरू बैंकको ऋण तिर्न नसकेर प्रभावित भएका छन् । साथै, कम्पनीको आम्दानीको अधिकांश अंश बैंकको ऋण तिर्नमा नै जाने गर्छ । यस अवस्थामा हकप्रदबाट पनि बैंकको ऋण तिर्ने व्यवस्था गर्दा कम्पनीको वित्तीय अवस्था सुदृढ बनाउन सहयोग पुग्ने आयोगको अपेक्षा रहेको छ ।

१ : १ अनुपातमा राइट शेयर निष्कासन गर्न एचआईडीसीएलले पायो अनुमति

हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले राइट शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले १:१ अनुपातमा ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो । हकप्रद शेयर निष्कासनका लागि ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । अब एचआईडीसीएलका लगानीकर्ताले आफूसँग भएकै जति कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँका दरले खरिद गर्न पाउने छन् ।