काठमाण्डौ – अबदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीले प्राथमिक शेयर निष्कासन (आईपीओ) भर्न पाउने भएका छन् ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिकाको छैटौँ संशोधन कार्यान्वयनमा आएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले आईपीओ भर्न पाउने भएका हुन् । तर आईपीओ भर्नका लागि सम्बन्धित व्यक्तिको नाममा रेमिट्यान्स बचत खाता अनिवार्य हुनु पर्ने छ ।
यस्तै रेमिट्यान्स बचत खातामा वैदेशिक रोजगारीमै रहेर पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार नेपाली रुपैयाँ आफू रोजगार रहेको देशबाट बचत गरेको हुनु पर्ने छ । नेपाल धित...