काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । तर, नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ ।
विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाएपछि मात्रै हकप्रद निष्कासन गर्न पाउने छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख रहेको छ । कम्पनीको प्रस्तावित हकप्रद शेयर विक्री गर्न अनुमति पाएमा चुक्तापूँजी रू. ७७ करोड ३९ लाख पुग्नेछ ।
यो कम्पनीले ४ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्दै आएको छ ।
पछिल्लो समय जलविद्युत् कम्पनीहरूलाई आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानीका लागि हकप्रदमार्फत पूँजी जुटाउन सक्ने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार कम्पनीले हकप्रदमार्फत पूँजी जुटाउन लागेको हो ।