जेठ १८, काठमाडौं । नेपाल फाइनान्सको हकप्रद शेयरमा मंगलवारसम्म कायम शेयरधनीले आवेदन गर्न पाउने छन् ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि बुधवार बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउने भएका हुन् ।
कम्पनीले १२५ प्रतिशत हकप्रद शेयर अर्थात् प्रतिकित्ता रू. १०० का दरले १६ लाख ९७ हजार ५०६ दशमलव २५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृती पाइसकेको छ । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।