आजसम्म कायम शेयरधनीले अपि पावरको हकप्रद शेयरमा आवेदन पाउने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असार २२ गते बुक क्लोज गरेसँगै असार २१ गते (आज)सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ४० प्रतिशत निष्कासन गर्न सेबोनबाट असार ६ गते स्वीकृति पाएको थियो ।  हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।  कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । 

सम्बन्धित सामग्री

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म ४० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर असोज १७ गतेदेखि २४ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।  तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र असोज ३० गते खोली कात्तिक ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । अपि पावरको अवितरित हकप्रद शेयरको कटअप मूल्य प्रतिकित्ता १५१ रूपैयाँ १० पैसा रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यो अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कात्तिक १० गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँ चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अवितरित सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७१ रूपैयाँ ९० पैसा रहेको छ । कम्पनीले विक्री गरेको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कारोबारयोग्य हुनेछ ।

अपि पावरको हकप्रद शेयर भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । कम्पनीले भदौ ४ गते सूचना जारी गरी भदौ १९ गतेसम्म मात्र विक्रीमा रहने जानकारी दिएको हो । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य भएका छन् । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।  हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत रहेको गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

अपि पावरको बुधवारदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन तथा विक्री खुला

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले भोलि बुधवार अर्थात साउन ३१ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि यो हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।   हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरू मात्र आवेदन दिनका लागि योग्य हुनेछन् ।  गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँभन्दा बढी पुग्नेछ ।  हकप्रद शेयर निष्कासनका लागि गराइएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिनेछ ।

हकप्रद निष्कासनका लागि बुक क्लोजसँगै अपि पावरको शेयरमूल्य समायोजन

काठमाडौं, १४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अपि पावर कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (सोमवार) बुकक्लोज गरेपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले ३९ दशमलव ३६ प्रतिशत हकप्रद शेयरको समायोजन गरी मूल्य रू. ३६३.२७ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा […]

हकप्रद शेयर निष्कासन गर्ने भएपछि अपि पावरको सर्वाधिक शेयर खरीदविक्री

माघ ४, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार अपि पावर कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये अपि पावर कम्पनीको रू. २८ करोड ११ लाख ३९ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५५४ कायम भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलवार कम्पनीको ५ लाख ५ हजार ७६४ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले १: ०.३९ अनुपातमा रू. १०० अंकित दरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज २५ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।

बुधवारको बजारमा सबैभन्दा बढी जलविद्युत् समूहको कारोबार : अपि पावर अग्रस्थानमा

पुस २१, काठमाडौं । निरन्तर चार दिन बढेको बजार बुधवार १ दशमलव १५ प्रतिशतले घट्दा रू. ४ अर्ब ६२ करोड १५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।  कुल कारोबारमा यसदिन जलविद्युत् कम्पनीहरुको सर्वाधिक हिस्सा रहेको छ । यस दिन जलविद्युत् कम्पनीहरुको रू. १ अर्ब ३० करोड ८७ लाख १८ हजार बराबरको ३० लाख १४ हजार ७४० कित्ता शेयर खरीदविक्री भएको छ ।  जलविद्युत् कम्पनीहरुमध्ये पनि यो दिन अपि पावर कम्पनीको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । अपि पावरको रू. १६ करोड ७४ लाख ८ हजार बराबरको ३ लाख ५० हजार ४६३ कित्ता शेयर कारोबार भएको हो । कम पूँजी भएका जलविद्युत कम्पनीहरुको शेयरप्रति पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । सूचीकृत कम्पनीहरु मध्य बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुको नीतिगत व्यवस्थाहरु परिमार्जन भइरहने हुँदा बजारमूल्यमा पनि समय समयमा प्रभावित भइरहेको देखिएको छ ।  जलविद्युत् कम्पनीको लागि भने पछिल्लो समय विद्युत् नियमन आयोगले नीतिगत व्यवस्था गर्दै आएको छ । त्यस अघि नियामक निकाय नहुँदा टुहुरो जस्तो बनेको जलविद्युत् कम्पनीहरुका लागि पछिल्लो समय विद्युत् नियमन आयोगले केही नयाँ व्यवस्थाहरु लागू गरेको छ ।  जलविद्युत् कम्पनीहरुले आयोजना निर्माणका लागि लिएको कर्जा भुक्तानी प्रयोजनका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था नियमन आयोगले लागू गरेको हो ।  सो व्यवस्था अनुसारनै कतिपय जलविद्युत् कम्पनीहरुले हकप्रद शेयर निष्कासनमा जोड दिएका छन् । लगानीकर्ताहरु पनि जलविद्युत् कम्पनीहरुको हकप्रद शेयरलाईनै प्राथमिकतामा राखेर शेयर खरीद गरेको जानकारी दिन्छन् ।  हाल धितोपत्र दोस्रो बजारमा ४४ ओटा जलविद्युत् कम्पनीहरु सूचीकृत रहेका छन् । जलविद्युत् समूहपछि यस दिन वाणिज्य बैंक समूहहरुको सर्वाधिक रकमको शेयर खरीदविक्री भएको छ । वाणिज्य समूहको भने यस दिन रू. ७८ करोड ३३ लाख ५१ हजार बराबरको शेयर कारोबार भएको हो ।

अपि पावरको १८औं साधारण सभा सम्पन्न

काठमाडौं, २७ भदौ । अपि पावर कम्पनी लिमिटेडको १८औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीले भदौ २५ गते भर्चुअल माध्यमबाट लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्दै सभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ […]

अपि पावरको हकप्रद शेयर पुनः आजदेखि लिलामीमा

काठमाडौं, १३ साउन । अपि पावर कम्पनीले अवितरित हकप्रद शेयर फेरी आजदेखि लिलामी बिक्रि खुल्ला गर्ने भएको छ । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याउने भएको हो । कम्पनीको शेयर खरिद साउन २० गतेसम्म गर्न सकिनेछ । शेयर बिक्रि […]

अपि पावरको हकप्रद आजदेखि

काठमाडौं। अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ। कम्पनीले एक कित्ता बराबर ०.२९३८ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको हो। कम्पनीले एक सय अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छ।

आज यी कम्पनीको शेयरमुल्य समायोजन

काठमाडौं, २९ बैशाख । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमुल्य समायोजन गरेको छ । नेप्सेले अपि पावर कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयरमुल्य बुधबार समायोजन गरेको हो । नेप्सेको अनुसार अपि पावरको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर र एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस शेयर मुल्य समायोजन गरेको हो । कम्पनीको मंगलबार […]