रोय किनले म्यानचेस्टर युनाइटेडलाई डिएगो सिमिओनीलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउन सुझाव दिएका छन् । सन् २०२१–२२ मा खराब सुरुवात गरेपछि युनाइटेडले आफ्नो पूर्णकालिन म्यानेजर ओली गनर सोल्कसायरलाई गत नोभेम्बरमा बर्खास्त गरेको थियो । हाल राल्फ राङ्गनिकलाई अन्तरिम म्यानेजरका रुपमा अनुबन्ध गरेको छ । क्लबले सिजनको अन्त्यमा नयाँ प्रशिक्षक ल्याउने तयारी गरेको छ । यसका लागि सिमिओनी सही विकल्प हुने किनको भनाइ छ ।ओल्ड ट्राफोडमा अर्को सिजन प्रशिक्षकका रुपमा कसलाई देख्न चाहन्छु भन्ने द ओभरल्याप ला