अनिकालमा धानको बिउ कसरी जोगाउने ? यस्ता छन् विज्ञका ८ सुझाव

कुबेलाको वर्षाका कारण अन्नदाता किसानका लागि चालू वर्ष अनिकालको रूपमा सावित हुने देखिएको छ । भित्र्याउन ठीक्क पारिएको धान सखाप पारेपछि प्रकोपले अनिकालकै रूप लिने सम्भावना देखिएको हो । असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षाले अन्न बाली डुबाएको थियो । नेपाली किसानको लागि फेरि पनि एकपल्ट ‘महामारीमा जिउ जोगाउनू, अनिकालमा बिउ जोगाउनू’ भन्ने भनाइ शिक्षाप्रद भएको छ । सो भनाइबाट शिक्षा लिनुपर्ने बताउँछन् सुदूरपश्चिम कृषि निर्देशक यज्ञराज जोशी । तर चालू वर्ष वर्षाको पानी तथा बाढीको पानीले डुबेक...