उपत्यकामा जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी
काठमाडौं । सरकारले उपत्यकाभित्र मासुका लागि जिउँदा पशुपक्षी भित्र्याउन बन्द गर्ने तयारी गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी बजेटका लागि यस्तो सुझाव पेस गरेको हो । ‘जिउँदो ल्याउँदा धेरै समस्या भयो । राँगाले मान्छे ...
दाङ– कोही खेतबारीमा गहुँ काटिरहेका छन्, कोही घरमा चना, मुसुरो दाइँ लगाइरहेका छन् भने कोही टाउकामा तोरी बोकेर घरतर्फ ल्याइरहेका देखिन्छन् । यहाँका किसानलाई अहिले हिउँदे बाली भित्र्याउन चटारो छ । किसानका खेतबारीमा पुग्दा तोरी, गहुँ, मुसुरो, चनालगायत बाली भित्र्याउन चटारो परेको देखिन्छ । बाली भित्र्याउने समयमा पानी परेपछि भने किसान चिन्तित छन् । तुलसीपुर […]
कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए ।“खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भने, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।&rdq
चैते धान रोपेका कृषकलाई यतिबेला धान काट्न भ्याइ नभ्याइ छ । जिल्लाका अधिकांश ठाउँमा धान रोपाईं भइरहँदा बंगलाचुली गाउँपालिका–४ डावरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ ।खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानलाई चैते धान घरमा भित्र्याउन हतार भएको हो । बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डवार […]
२ असार, मस्को (रुस)। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेकामन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासले आयोजना गरेको […]
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे । नेपालमा लगानीको वातावरण बन्दै गइ
भक्तपुर योसीङख्योमा घर भित्र्याउन सुकाएको धान सफा गर्दै किसान । घरजग्गाको लागि खेती योग्य जमिन प्लटिङ गर्ने क्रम बढेसँगै भक्तपुरमा धानको उत्पादन घटेको छ । तस्बिर : लक्ष्मी गारु/रासस
प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने भएको छ। नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली– २०७८ जारी गर्दै स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था हटाएको हो।यसअघि विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने बाध्यकारी व्यवस्था थियो। विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिन नपर्ने विनियमावलीमा व्यवस्था गरिएको छ। कम्पनीले कमाएको नाफा पनि सहज ढंगले लैजान पाउने छन्। तर विदेशी ऋण लिनका लागि राष्ट्र बैंकको स्वीकृ