धेरैको राजनैतिक प्रक्षेपण र अड्कलवाजीलाई गलत सावित गर्दै पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री चयन भएका छन् । यस परिघटनालाई कतिपयले पदीय आशक्तिको पराकाष्ठ भनेका छन् भने कतिपयले गतिशील चरित्रसँग तुलना गरिरहेका छन् ।
कसैले खास राजनैतिक मोडमा खतरा मोल्न सक्ने नेता भनेर प्रचण्डलाई चित्रित गरिरहेका छन् । उनमा औसत नेताहरुमा भन्दा भिन्न क्षमता अन्तरनिहीत रहेको तथ्य विगत इतिहासलाई नियाल्दा पुष्टि हुन्छ ।
खैर, प्रचण्ड जो भएपनि आफ्नो ठाउँमा छदैछ । यसपाली उनैको नेतृत्वमा नयाँ गठवन्धन सरकार बनिसकेको छ । तर सरकार जति सजिलो गरी गठन भएको छ, कार्यसम्पदान वा जनतालाई दिनुपर्ने डेलीभरी भने त्यति सहज छैन ।अ...